• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

      काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने

      टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

      बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

      कोशीबाट कांग्रेस इतर समूहको शक्ति प्रदर्शन, शेखर–देउवा समूह एउटै मञ्चमा

      डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

      ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

      कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

      फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित

      नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

      वन कर्मचारीले टेम्पो भीरबाट खसालेपछि आलोचना, पीडितको गुनासो– ‘हारगुहार गर्दा पनि कसैले सुनेन’

      नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    होमपेज /  राजनीती

    कोशीबाट कांग्रेस इतर समूहको शक्ति प्रदर्शन, शेखर–देउवा समूह एउटै मञ्चमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३१, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वमाथिको दबाब बढाउने उद्देश्यसहित संस्थापन इतर समूहको प्रदेशस्तरीय भेला विराटनगरमा सुरु भएको छ। पार्टीभित्र देखिएको पछिल्लो विवाद र सांगठनिक असन्तुष्टिका बीच आयोजित भेलालाई कांग्रेस राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

    विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएका सांगठनिक कमजोरी, नेतृत्व शैली तथा आन्तरिक लोकतन्त्रका विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको भेलामा कांग्रेसका प्रभावशाली नेताहरू एउटै मञ्चमा उभिएका छन्। १४औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ भने कार्यक्रम देउवा र कोइराला समूहको संयुक्त आयोजनामा भइरहेको छ।

    यसअघि संस्थापन पक्षले आयोजना गरेका प्रदेश भेलामा कोइराला समूह सहभागी नभए पनि कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्यको नयाँ संकेत देखिएको छ। राजनीतिक विश्लेषकहरूले यसलाई कांग्रेसभित्रको नयाँ समीकरण निर्माणको प्रारम्भिक प्रयासका रूपमा समेत व्याख्या गरेका छन्।

    भेलामा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, मोहन बस्नेत, एनपी साउद, बलबहादुर केसीलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ। साथै कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका सयौँ अगुवा कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ।

    नेताहरूले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न, निर्णय प्रक्रियामा सहभागिता बढाउन तथा नेतृत्वलाई थप जवाफदेही बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। कांग्रेसभित्र पछिल्लो समय देखिएको असन्तुष्टि र ध्रुवीकरणका बीच आयोजना गरिएको यो भेला नेतृत्वलाई स्पष्ट सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।

    भेलामा सहभागी नेताहरूले पार्टीलाई थप सशक्त, एकताबद्ध र जनमुखी बनाउन आन्तरिक सुधार अपरिहार्य रहेको धारणा राखेका छन्। उनीहरूले आगामी दिनमा पार्टीभित्र सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्दै संगठनलाई बलियो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    कांग्रेसभित्रको शक्ति समीकरण र आगामी राजनीतिक रणनीतिका दृष्टिले यो भेला महत्वपूर्ण मानिएको छ। कोशी प्रदेशबाट सुरु भएको यो अभियानले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

    देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति भएको छु : अध्यक्ष राई 

    भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

    मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

    एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो  

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

    सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास…

    सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास…

    काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख…

    आर्थिक

    डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    आईएमई लाइफको इश्युअर रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईका लागि डिजिटल कर्जा सुविधा विस्तारमा सहकार्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑