• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

      श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित

      युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक

      राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह

      राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई

      संसदमा गृहमन्त्री सुदन गुरुङले मागे माफी

      सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

      निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : डा.धवलशमशेर जबरा

      पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

      सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

      मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

      एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    होमपेज /  अन्य

    ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित, विभागद्वारा बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ७, बिहिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ११५ पटक पढिएको
  • काठमाडौं । नेपाली बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएको ‘डाबर हनी’को एक ब्याच गुणस्तरहीन प्रमाणित भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा डाबर नेपाल प्रालिद्वारा उत्पादित महमा तोकिएको मापदण्डअनुसार गुणस्तर नपाइएको जनाएको हो।

    विभागका अनुसार परीक्षणमा गुणस्तरहीन प्रमाणित भएको उत्पादन ‘डाबर हनी’को ब्याच नम्बर NB004 DABUR हो। उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ रहेको छ भने उपभोग्य अवधि १८ महिना उल्लेख गरिएको ५०० ग्रामको प्याकेटमा गुणस्तर समस्या देखिएको विभागले जनाएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको नमूनाको प्रयोगशाला परीक्षण गर्दा उत्पादनले निर्धारित खाद्य मापदण्ड पूरा नगरेको निष्कर्ष निकालेको हो। विभागले उत्पादनमा कुन तत्व मापदण्डविपरीत भेटिएको हो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।

    गुणस्तरहीन प्रमाणित भएपछि विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ (२) अनुसार उक्त ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै, ऐनको दफा ३८ (४) अनुसार उक्त ब्याचको ‘डाबर हनी’ बिक्री–वितरण नगर्न पनि स्पष्ट निर्देशन जारी गरिएको विभागले जनाएको छ।

    विभागले उपभोक्तालाई पनि सोही ब्याच नम्बरको मह प्रयोग नगर्न आग्रह गरेको छ। बजारमा उपलब्ध उत्पादन खरिद गर्दा ब्याच नम्बर, उत्पादन मिति र गुणस्तरसम्बन्धी विवरण अनिवार्य रूपमा जाँच गर्न उपभोक्तालाई सुझाव दिइएको छ।

    डाबर हनी नेपाली बजारमा लोकप्रिय मह ब्रान्डमध्ये एक मानिन्छ। पछिल्लो समय खाद्य वस्तुमा गुणस्तरसम्बन्धी प्रश्न बढिरहेका बेला विभागले विभिन्न खाद्य सामग्रीको नमूना परीक्षणलाई तीव्र बनाएको छ। यसअघि पनि चाउचाउ, बिस्कुट, पेय पदार्थलगायत विभिन्न खाद्य उत्पादन गुणस्तरहीन प्रमाणित भएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको थियो।

    विभागले खाद्य उद्योगहरूलाई उत्पादन प्रक्रियामा स्वच्छता, गुणस्तर र मापदण्डको पूर्ण पालना गर्न चेतावनी दिँदै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने कम्पनीमाथि कानुनी कारबाही गरिने जनाएको छ।

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

    धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं, अध्यक्षमा जबरा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले…

    श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम…

    युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त…

    राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑