• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

      नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

      खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

      प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल अधिकारी

      अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

      नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान

      झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

      नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

      गाडीबाट ओर्लिएर बाबुसरहका बृद्धालाई निर्धात कुटपिट गर्ने चालक समातिए

      मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

      दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

      ‘चुनावका बेला व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्छ’: अध्यक्ष तिमल्सिना

      मलाई अन्तिम इच्छा सोध्नेलाई चुनावमा जनताले जवाफ दिने छन्: रवि लामिछाने

      इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दे गृहमन्त्रीलाई ध्यानाकर्षण

      उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’

    होमपेज /  समाचार

    प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल अधिकारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ५, मंगलबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५९ पटक पढिएको
  • काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले मंगलबार आयोजना गरेको ‘इप्पान पोलिसी डायलग सिरिज’मा ऊर्जा व्यापार विज्ञ प्रबल अधिकारीले अन्तरदेशीय प्रसारण लाइन विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताएका छन्।

    उनले नेपाल–भारतबीच सचिवस्तरीय संयुक्त स्टेरिङ कमिटी र सहसचिवस्तरीय संयुक्त कार्य समूहले प्रसारण संरचना विस्तारका लागि इम्प्लिमेन्टेसन र फण्डिङ मोडालिटी स्पष्ट गर्नुपर्ने बताए। ‘ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन निर्माणमा निजी क्षेत्र संलग्न भइसकेको उदाहरण छ,’ उनले भने, ‘त्यो मोडेललाई निरन्तरता दिन सकेको भए बुटवल–गोरखपुर जस्ता आयोजनामा पनि सहज हुन्थ्यो।’

    अधिकारीका अनुसार नेपाल विद्युत प्राधिकरणले सबै अन्तरदेशीय लाइनमा ठूलो इक्विटी हाल्दै जाने मोडेल दीर्घकालीन रूपमा सम्भव छैन। ढल्केबर–मुजफ्फरपुर ४०० केभी लाइन करिब २००० मेगावाट क्षमताको ‘एन–माइनस वान’ मापदण्डमा बनेको स्मरण गर्दै उनले इनरुवा–पूर्णिया तथा दोधोधारा–बरेली जस्ता नयाँ प्रस्तावित लाइनमा पनि ५०–५० प्रतिशत सरकारी इक्विटीको मोडालिटी तय भएको जानकारी दिए। तर, यस्ता परियोजनामा १०–२५ प्रतिशतसम्म निजी क्षेत्रलाई सहभागी गराउने निर्णय भएमा जोखिम बाँडफाँट सहज हुने उनको धारणा थियो।

    उनले प्रसारण ‘गुरुयोजना’ अनुसार ६ वटा कोरिडोरमा ११ वटा क्रसबोर्डर लाइन योजना गरिएको उल्लेख गर्दै थप आवश्यकताअनुसार नयाँ लाइन प्रस्ताव भइरहेको बताए। तर प्रसारण लाइन निर्माणपछि विद्युत् प्रवाह नहुने जोखिम, जियो–पोलिटिकल र बजार जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ थियो। बनाएपछि ट्रान्समिसन चार्ज तिर्नैपर्छ, तर बिजुली फ्लो भएन भने प्राधिकरणमाथि ठूलो आर्थिक दबाब पर्छ,’ उनले चेतावनी दिए।

    अधिकारीले २००० मेगावाट क्षमताको बुटवल–गोरखपुर लाइनको क्षमतामध्ये कम्तीमा १००० मेगावाट निजी क्षेत्रलाई अक्सनमार्फत बुक गराउन सकिने सुझाव दिए। त्यसो भए उत्पादकले आफैं बजार खोज्ने र प्राधिकरणको जोखिम घट्ने उनको तर्क थियो। ‘ओपन एक्सेस लागू भएपछि क्यू–४०, क्यू–६० जस्ता सीमाले अर्थ राख्दैन,’ उनले भने, ‘उत्पादकले बजार खोज्न पाउने र प्रसारण संरचना उपलब्ध हुने हो भने आयोजना अनुकूल क्षमतामा विकास गर्नुपर्छ।’

    स्टोरेज आयोजनाको सन्दर्भमा उनले हालको संकेतात्मक ट्यारिफ (हिउँदमा १२.४० रुपैयाँ, वर्षामा ७.१० रुपैयाँ) सबै आयोजनामा समान रूपमा लागू गर्न नमिल्ने बताए। लागत, निर्माण अवधि, सामाजिक तथा वातावरणीय असर फरक–

    फरक हुने भएकाले अन्तिम दर नियामक आयोगले लागत प्रमाणीकरणपछि निर्धारण गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे।

    ५–५ वर्षमा पुनरावलोकन हुने प्रावधानले पनि दर समयानुकूल समायोजन गर्ने उनको भनाइ थियो।

    अधिकारीले ठूलो–ठूलो जलाशय आयोजना घोषणामा सीमित नभई बजार, प्रसारण र वित्तीय व्यवस्थापनको स्पष्ट रणनीति आवश्यक रहेको जोड दिए। ‘प्रसारण संरचनामा निजी क्षेत्रको प्रवेश, ओपन एक्सेस र जोखिम बाँडफाँटको स्पष्ट मोडेल बिना ऊर्जाको तीव्र विस्तार सम्भव छैन,’ उनले निष्कर्ष निकाले।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

    नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

    मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

    तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो

    पिपुल फष्र्ट पार्टीका उम्मेदवारमाथि आक्रमण भएको घट्नाप्रति आपत्ति

    किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५० प्रतिशत कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तामाकोसी बस दुर्घटना : थप एक जनाको शव…

    नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

    खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न…

    प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल…

    खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न…

    अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र…

    गाडीबाट ओर्लिएर बाबुसरहका बृद्धालाई निर्धात कुटपिट गर्ने चालक…

    मलाई अन्तिम इच्छा सोध्नेलाई चुनावमा जनताले जवाफ दिने…

    आर्थिक

    नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

    सर्वसाधारणको लागी सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ विक्रि खुल्ला

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑