सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । होटल फरेस्ट इन को प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आज (सोमबार) बाँडफाँट गरिएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल का अनुसार बाँडफाँटमा ३ लाख ३२ हजार आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
उक्त आइपिओमा २६ लाख ६० हजार ४५२ आवेदकले कुल २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ७१ हजार ३१५ आवेदकको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो।
लगानीकर्ताले एनआइसी एसिया क्यापिटल को आधिकारिक वेबसाइट तथा मेरो सेयर खातामार्फत आइपिओको नतिजा हेर्न सक्नेछन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा