• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • समृद्धिको यात्रामा कर्णाली करिडोर : पिलिचौर–कवाडी सडक कालोपत्रे हुँदै

      एमालेले सार्वजनिक गर्यो अध्यक्ष ओलीलाई मतदान गर्नुपर्ने कारण

      अर्यालसँग मतदाताको गुनासो : नेपालमै काम गर्दा पनि ज्याला पाइँदैन’

      चुनबाङबाट प्रचण्डको उद्घोष : ‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’

      महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ

      राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र

      टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

      प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

      ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

      युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

      आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै

      आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

      आज २०८२ फागुन २ गते शनिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

      रोजगारी सिर्जनादेखि सुशासनसम्म: काठमाडौं–२ मा अनुप बोहराको राजनीतिक अभियान

    होमपेज /  राजनीती

    एमालेले सार्वजनिक गर्यो अध्यक्ष ओलीलाई मतदान गर्नुपर्ने कारण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन २, शनिबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५० पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धतासहित मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

    शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत नेकपा एमाले अध्यक्ष ओलीले विदेशी हस्तक्षेप अन्त्य गर्ने, जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने र देशमा देखिएको निराशा हटाई नागरिकको मनोबल बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    प्रतिज्ञापत्रमा भ्रष्टाचार र कुशासन अन्त्य गर्दै शान्ति सुरक्षा सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने तथा युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने योजनाहरू उल्लेख गरिएको छ । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने, कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने तथा उद्योगधन्दा विस्तार गरी उत्पादन वृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ।

    यसैगरी निर्माणाधीन पूर्व–पश्चिम एसियन हाइवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र हुलाकी सडक निर्माण सम्पन्न गर्ने, दमक–रवि–चिसापानी सडक पूरा गर्ने तथा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण अघि बढाउने प्रतिवद्धता पनि जनाइएको छ।

    झापा क्षेत्र नं. ५ का लागि स्थानीय विकास योजनामा दमक बिजिनेस टावर सञ्चालन, बजार आधुनिकीकरण, नदी तटबन्ध, भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण, कृषि उत्पादनको बजारीकरण तथा स्मार्ट सिटी अवधारणाअनुसार नगर विकास गर्ने विषय समेटिएका छन्।

    स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य बिमा सेवा सुदृढ गर्ने, दमक अस्पताललाई प्रदेश अस्पतालका रूपमा स्तरवृद्धि गर्ने, स्थानीय अस्पतालहरूलाई सेवा विस्तार गर्ने तथा आम्दा अस्पताललाई विशेषज्ञ सेवासहित सुविधासम्पन्न बनाउन सहयोग गर्ने योजना उल्लेख गरिएको छ।

    शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयका जीर्ण भवन हटाई बालमैत्री संरचना निर्माण गर्ने, विषयगत शिक्षक दरबन्दी मिलाउने तथा सामुदायिक र निजी विद्यालयबीच समन्वय गर्दै गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    त्यसैगरी आयुर्वेद अस्पताल विस्तार, पर्यटकीय सिमसार विकास, खेलकुद पूर्वाधार निर्माण, वृक्षारोपणमार्फत आयमूलक कृषि प्रवद्र्धन लगायतका कार्यक्रम पनि प्रतिज्ञापत्रमा समावेश छन्।

    ओलीले समग्रमा विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाभिमानको संरक्षणलाई प्राथमिकतामा राख्दै सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।

    यस्ता छन्, ओलीको झापा –५ मतदाताका लागि प्रतिबद्धता
    राष्ट्रिय स्वाधीनताको रक्षा गरी लोकतन्त्रको सुदृढीकरण गर्न,
    विदेशी नाङ्गो हस्तक्षेप अन्त्य गर्न,
    जनताका खोसिएका अधिकार पुनर्वहाली गर्न,
    हाल नेपालीको खस्किएको मनोबल बढाउन,
    देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्न,
    भ्रष्टाचार र कुशासनको अन्त्य गर्न,
    मुलुकैभरि र यस झापा क्षेत्र नं. ५ मा सुरु भइ हाल रोकिएका र अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गर्न,
    देशमा रोजगारीको अभिवृद्धि गरी युवालाई रोजगार बनाउन,

    नवयुवालाई प्राविधिक शिक्षाको अवसर दिलाउन र युवामा सीपमूलक विकास गर्दै स्वरोजगार अभिवृद्धि गर्न । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन,

    कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन,
    उद्योगधन्दाको विकास गरी रोजगारी र उत्पादन वृद्धि गर्न,
    निर्माणधीन पूर्व पश्चिम एसियन हाईवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग, हुलाकी सडक निर्माण सम्पन्न गर्न । दमक रबि–चिसापानी सडक निर्माण सम्पन्न गरी यस क्षेत्रका जनताको जीवनस्तर उकास्न,
    नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न,
    विस्थापित सडक बालबालिकाहरूलाई पुनस्र्थापना गर्न,
    दमकको बिजिनेस टावरलाई सुसञ्चालन गरी यस क्षेत्रको व्यापार र पर्यटन प्रवर्धन गर्न,
    यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन,

    यस निर्वाचन क्षेत्रका किसानलाई प्रोत्साहन गरी कृषिउपज बढाएर बजारीकरण गर्न,
    दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटिको रूपमा विकास गर्न,
    यहाँका सबै बजारहरूलाई व्यवस्थित गरी उचित व्यावसायिक वातावरण बनाउन ।
    रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्ध कार्य पूरा गर्न,

    जनतालाई दिईंदै आएको स्वास्थ्य बिमा सेवा घटाइएकोमा पुनः बढाउन र अझै व्यवस्थित गर्न,
    दमक अस्पतालको स्तरवृद्धि गरी प्रदेश अस्पताल बनाएर जनतालाई स्वास्थ्य सेवा सहज बनाउन,कमल, गौरादह,गौरीगञ्ज सबै स्थानीय तहका अस्पताललाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने बनाउन । दमकको

    आम्दा अस्पताललाई अझ बढी विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सुविधासम्पन्न बनाउन सहयोग गर्न । यस क्षेत्रका सबै सामुदायिक क्याम्पसहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउन,

    सबै सामुदायिक विद्यालयका जीर्ण भवनहरू हटाएर बालमैत्री भवन निर्माण गर्न ।

    सामुदायिक र संस्थागत विद्यालयबिच समन्वयको वातावरण बनाई बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न ।

    विषयगत शिक्षक दरबन्दीको व्यवस्था गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न,

    प्रादेशिक आयुर्वेद अस्पतालमा दरबन्दी थप गरी १०० शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा स्तरवृद्धि गर्न ।

    साधुहोलीलाई थप व्यवस्थित गर्दै नमूना पर्यटकीय सिमसारको रुपमा स्थापित गर्न,

    कमल नगर अस्पताललाई स्तरोन्नती गर्दै २५ शैय्याको अस्पताल बनाई कमलका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन ।

    रतुवामाई वृक्षारोपण आयोजना अन्तर्गतको वन क्षेत्रमा आम्दानीमुलक फलफूलको विरुवा लगाई यो क्षेत्रलाई फलफूलमा आत्मनिर्भर बनाउन,

    आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रङ्गशालाको रुपमा निर्माण कार्य सम्पन्न गर्न,

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चुनबाङबाट प्रचण्डको उद्घोष : ‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’

    राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र

    ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

    युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

    निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

    अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समृद्धिको यात्रामा कर्णाली करिडोर : पिलिचौर–कवाडी सडक कालोपत्रे…

    एमालेले सार्वजनिक गर्यो अध्यक्ष ओलीलाई मतदान गर्नुपर्ने कारण

    अर्यालसँग मतदाताको गुनासो : नेपालमै काम गर्दा पनि…

    चुनबाङबाट प्रचण्डको उद्घोष : ‘आगो लगाउने र कुशासन…

    युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास…

    अध्यागमन ऐन संशोधन र भिसा प्रणाली डिजिटलाइजेसनमा गृहमन्त्रीको…

    ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

    स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ :…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो

    ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑