सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गायिका ज्योति मगरले अभिनेत्री नीति शाहमाथि सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गरेकी छिन्।
नीतिले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलसँग ‘भ्यानेटी भ्यान’ (Vanity Van) माग गरेकी थिइन्। सोही प्रसंगलाई लिएर ज्योतिले आम नेपालीको दु:ख र सेलिब्रेटीहरूको मागबीच तुलना गर्दै व्यङ्ग्य गरेको टिप्पणी गरेकी हुन्।
ज्योतिले लेखेकी छिन् – “आम नेपालीले सिटामोल खानु पाको छैनन्, आम नेपालीका बालबच्चाले दक्ष शिक्षा पाएका छैनन्, हाम्रा हेरोइनहरूलाई सुसु गर्न सजिलो हुने भ्यानेटी भ्यान चाहिएको छ… माफ पाऊँ है सरकार र मन्त्रीहरूसँग माग पनि आ–आफ्नो लेभलको हुन्छ नि। हामीलाई शिक्षा, स्वास्थ्य र गाँस–बास–कपास आवश्यकता छ, सेलेब्रेटीहरूलाई वाइफाइ, सोसल मिडिया र भ्यानेटी भ्यानको आवश्यकता छ… लौन संचार मन्त्रीज्यु, हेरोइन बुइनीहरूको माग पूरा गरिदिनु पर्यो।”
उनको उक्त पोस्ट सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ। धेरैले ज्योतिको अभिव्यक्तिलाई साहसिक व्यङ्ग्य भन्दै समर्थन गरेका छन् भने केहीले नीतिप्रतिको व्यक्तिगत आक्रमण भएको भन्दै आलोचना पनि गरेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा