सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।
भाद्र महिनामा सञ्चालन गरिएको मासिक योजना अन्तर्गत लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूको सम्मान तथा प्रेरणाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली सिने जगतका महानायक राजेश हमालले आफ्नो जीवनयात्रा, संघर्ष र सफलता सम्बन्धी प्रेरणादायी विचारहरू प्रस्तुत गरे ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गरी गर्नुभएको थियो । उनले अभिकर्ताहरू कम्पनीको सफलता र अग्रगमनका मुख्य आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ योजनामार्फत उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न निरन्तर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख लगायत देशभरका करिब ३०० जना उत्कृष्ट अभिकर्ताहरूको सहभागिता थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले सबै चयनित अभिकर्तालाई सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस अवसरमा बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धी तालिम प्रदान गरे भने महानायक राजेश हमालले जुनसुकै पेशामा निरन्तरता र अनुशासनका माध्यमबाट सफलता प्राप्त गर्न सकिने बताएका थिए ।
मनोरञ्जनात्मक प्रस्तुति र अन्तरक्रियात्मक सत्र सहित सम्पन्न उक्त कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस्तो कार्यक्रमले प्रेरणा र व्यावसायिक विकासमा ठूलो योगदान पुर्याएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा