सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले बिहीबार आफ्नो २१औं वार्षिकोत्सव विशेष समारोहसहित मनाएको छ। बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष उज्वल सत्याल र प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठसहित बैंकका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष सत्यालले बैंकको दुई दशकभन्दा लामो यात्रामा साथ र विश्वास प्रदान गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैंक अझ सबल र विश्वसनीय संस्थाको रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहक, नियामक निकाय, शेयरधनी र कर्मचारीहरूको योगदानप्रति धन्यवाद दिँदै बैंकले आधुनिक, डिजिटल र स्मार्ट सेवामार्फत ग्राहक अनुभव अझ समृद्ध बनाउने प्रतिबद्धता जनाए।
वार्षिकोत्सवको अवसरमा बैंकले ‘बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन’ नामक सामाजिक अभियानको घोषणा गरेको छ। लिड फर नेपाल संस्थासँग सहकार्यमा सञ्चालन हुने यो अभियानअन्तर्गत बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई वितरण गरिनेछ। बैंकले आफ्नातर्फबाट पनि ज्याकेटलगायत न्यानो कपडा उपलब्ध गराउने जनाएको छ।
सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए। साथै, बैंकमा ५, १० र १५ वर्ष सेवा अवधि पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्दै आएको बैंकले आगामी दिनमा सेवा दायरा अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा