सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा हुनेगरी तालिका सार्वजनिक भए पनि मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै बोर्डले नयाँ तालिका जारी गरेको हो।
बोर्डद्वारा सार्वजनिक नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) र असोज ८ गते अनिवार्य नेपाली (००२१) विषयको परीक्षा सञ्चालन हुनेछ।
एक मात्र विषयमा पूरक परीक्षा दिने विद्यार्थीले तोकिएको दिनमा सोही विषयको परीक्षा दिनुपर्नेछ। दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीले भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
बोर्डले परीक्षामा सहभागी सबै विद्यार्थीलाई निर्धारित तालिका अनुसार तयारी गर्न अनुरोध गरेको छ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा