सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानी ११ प्रतिशतले बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुका कारण भएको हो। खुद ब्याज आम्दानी अघिल्लो वर्ष ७ अर्ब २१ करोड रुपैयाँ रहेकोमा गत वर्ष ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, इम्पेरिमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड रुपैयाँमा झरेको छ।
वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ। प्रतिसेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात भने केही बढेको छ। गत असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा ३.७२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३.४० प्रतिशत थियो। हाल बजारमा एनएमबी बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा रहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा