सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ मात्र थियो।
बैंकका अनुसार नाफा वृद्धि मुख्यत: खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको उल्लेखनीय वृद्धिका कारण सम्भव भएको हो। समीक्षाअवधिमा खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.३६ प्रतिशतले बढी हो। सञ्चालन मुनाफा पनि ३१.६३ प्रतिशत बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँमा पुगेको छ।
असार मसान्तसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ रहेको छ। साथै, रिटेन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।
खराब कर्जा अनुपात ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ। नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ५२ पैसाले बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ। असार मसान्तसम्म प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा र मूल्य–आम्दानी अनुपात (P/E ratio) १८.४७ गुणा रहेको बैंकले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा