सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा मात्र ४६ लाख ८ हजार रुपैयाँ थियो।
बैंकको नाफामा देखिएको यो उल्लेखनीय वृद्धिको मुख्य कारण ब्याज, शुल्क तथा कमिसन आम्दानीमा सुधार र इम्पेयरमेन्ट चार्जमा गिरावट रहेको देखिन्छ। बैंकले सो अवधिमा ११ अर्ब ५५ करोड रुपैयाँको खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.९५ प्रतिशतले बढी हो।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो २ अर्ब ९ करोड रुपैयाँ थियो।
इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ६ अर्ब ८४ करोड रुपैयाँबाट घटेर २ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ। यद्यपि, सञ्चालन मुनाफा भने ६ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकले हालसम्म ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। तर, खराब कर्जा अनुपात (NPL) अघिल्लो वर्षको ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशतमा पुगेको छ, जसलाई जोखिमपूर्ण संकेतको रूपमा हेरिएको छ।
पूँजी स्थितिः ऋणात्मक वितरणयोग्य मुनाफा
बैंकको
प्रमुख वित्तीय सूचकांक
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा