सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३१ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। यसअघि वैशाख १३ गते उनलाई बूढानीलकण्ठबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। उनलाई प्रारम्भिक अनुसन्धानपछि थप पूरक अनुसन्धानका लागि पक्राउ गरिएको थियो।
सरकारी वकिलको कार्यालयको प्रतिवेदनअनुसार माया राई २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म संस्थाको सदस्य र त्यसपछि २०७४ मंसिर ८ देखि २०७६ भदौ २१ सम्म संस्थाकी सचिव रहेकी थिइन्। उक्त अवधिमा उनको संलग्नतामा:
जम्मा २ करोड ३१ लाख ४४ हजार ८८८ रुपैयाँ अपचलन भएको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ।
सरकारी वकिलको कार्यालयले यस प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाएर २०७९ पुस २९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। प्रारम्भिक अनुसन्धानमा माया राईको “तीन पुस्ते नखुलेको” भन्दै उनलाई प्रतिवादीमा नराखिएको थियो। तर, यसले चौतर्फी आलोचना ब्यहोर्नुपरेपछि प्रहरीलाई पूरक अनुसन्धान गर्न निर्देशन दिइएको थियो।
सरकारी वकिलले दायर गरेको उक्त मुद्दामा कुल बिगो रकम १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ माग गरिएको छ।
उक्त मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछाने पनि प्रतिवादीको रूपमा समावेश छन्। उनी ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
कांग्रेस सांसद राईलाई प्रारम्भिक चरणमा मुद्दाबाट उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको भूमिकामाथि कडा आलोचना भएको थियो। त्यसपछि पुनः अनुसन्धान गरी उनलाई प्रतिवादी बनाएर कानुनी कारवाही अघि बढाइएको हो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा