सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्याङ्जा । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित तथा गुणस्तरीय बैकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारी गाउँपालिकामा दुई नयाँ शाखा कार्यालयहरूको २०७८ बैशाख ३१ गते बुधबारदेखि औपचारिक रुपमा सञ्चालन प्रारम्भ गरेको छ।
विरुवा शाखाको समुद्घाटन कार्यक्रम विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गर्नुभयो। त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र अध्यक्ष खाँडले संयुक्त रूपमा गर्नुभयो।
उक्त उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, व्यापारी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ शाखाहरू सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, व्यवसायिक फर्म/कम्पनी र संघसंस्थाहरूलाई अझ सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने बैंकको विश्वास छ। साथै, बैकिङ पहुँच विस्तारसँगै ती क्षेत्रहरूको समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ५० वटा एटिएम मार्फत करिब ९ लाख ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा