सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुपाल्चोक । नेपालको ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गरिरहेको सिन्धु विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक महत्वाकांक्षी कार्यक्रम सम्पन्न गरेको छ। बाह्रबिसे नगरपालिका–०८, सिन्धुपाल्चोकमा आयोजित यस कार्यक्रममा खुला रक्तदान तथा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरियो।
कार्यक्रमको आयोजना २०८२ वैशाख २९ गते सिन्धु विकास बैंकको बाह्रबिसे शाखा कार्यालय र नेपाल रेडक्रस सोसाइटी, बाह्रबिसे उप-शाखाको संयुक्त सहकार्यमा गरिएको थियो। बैंकको वार्षिक सामाजिक उत्तरदायित्व कार्ययोजनाअन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो।
श्री प्राइभेट प्याराडाइज माध्यमिक विद्यालयमा सम्पन्न नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता बाह्रबिसे नगरपालिकाभरिका विद्यालयहरू बीच प्रतिस्पर्धात्मक रूपले सम्पन्न भयो। यस प्रतियोगितामा १० विद्यालयका १८ जना छात्र–छात्राहरूले भाग लिए।
प्रतियोगिता अन्तर्गत सहभागी विद्यार्थीहरूले विविध सामाजिक, शैक्षिक र राष्ट्रिय महत्वका विषयहरूमा धारणा राख्दै उत्कृष्ट वक्तृत्व कला प्रस्तुत गरे। कार्यक्रममा २०० भन्दा बढी अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीयबासीहरूको उपस्थिति थियो, जसले यस कार्यक्रमको प्रभावकारिता झल्काउँछ।
विजेताहरूलाई बैंकले नगद पुरस्कार प्रदान गर्यो:
साथै सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो।
समानान्तर रूपमा सञ्चालन गरिएको खुला रक्तदान कार्यक्रममा ४३ जना रक्तदाता सहभागी भए। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमले रक्तको अभावका बेला आवश्यक व्यक्तिलाई जीवनदान पुर्याउने उद्देश्य बोकेको थियो।
रक्तदानमा युवा, व्यवसायी, शिक्षक, सरकारी कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले सहभागिता जनाएका थिए।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा