सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार विहान जनकपुरधाम वडा नं. ४ का अन्दाजी ४० वर्षीय रविन कर्णको शव फेला परको हो ।
उनी हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डिएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जना सहित ९ जनाको टोलीले हिजो उनको खोजीमा परिचालन गरिएको थियो ।
टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपक्ता कर्णलाई फेला पार्न सकेको थिएन । आज विहान मृतक कर्णको शव तैरिरहेको अवस्थामा पोखरीमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बरामद भएको कर्णको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा