सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँको पार्टी प्रगति गरोस् हार्दिक शुभकामना छ । आजको मिति देखि म पार्टिको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु ।’
आम जनता पार्टीमा रहँदा आफ्नो विभिन्न स्वार्थ त्याग गरि प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे । तर साह कुन पार्टीमा प्रवेश गर्ने खुलाएका छैन । उनको राजीनामा संगै जिल्लाको राजनीतिमा निकै चर्चा परिचर्चा हुन थालेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा