सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप विदा दिने निर्णय गरेको हो ।
जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।
भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णीमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवत्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा