सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२ नंम्बरको म्याजिक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
म्याजिक गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षिय सन्देश कोईरालाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइतेको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा