सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी बिएफसी बीच प्रतिस्पर्धा हुन लागेको हो ।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको विजय टिमले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा