सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे ।
मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे ।
आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।
शनिवारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३–० को हार बेहोरेको हो । म्यानचेस्टर सिटीले न्युक्यासललाई ४–० ले हरायो ।
शनिवारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १–०, बर्नमाउथले साउथह्याम्पटनलाई ३–१, फुलहमले नटिङघम फरेस्टलाई २–१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १–१ को बराबरी खेले ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा