सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ मंसिर । साताको पहिलो कारोबार दिन शेयर बजार झण्डै ४६ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्स आज आइतबार ४५ दशमलव ९३ अङ्कले घटेर २ हजार६८९ विन्दुमा झरेको हो ।
यसदिन १ करोड ७३ लाख ९२ हजार कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँमा किनबेभ भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
सबै समूहको शेयर घटेको यसदिन मानुषी लघुवित्त, लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा