• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

      गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

    होमपेज /  लेख/साहित्य

    बालबालिकाका लागि अनावश्यक तनावको एक वर्षः यु.के.जी

    डा. दिपु शाक्य

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र २९, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • १४९१ पटक पढिएको
  • काठमाडौँ । “पाँच वर्ष, ६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बाल शिक्षा नेपालमा गैरकानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिलेपनि यसमा कारवाही गर्न सक्छ ।” अधिवक्ता अनिल आचार्यले प्रि-स्कूल/ मन्टेश्वरी/ पूर्व प्राथमिक विद्यालय सञ्चालकहरूको भेलामा यस कुराको उद्घघोष गर्नु भएको हो । समय समयमा यस विषयमा विभिन्न अधिकारकर्मीहरूले सवाल उठाउँदै आएका पनि छन् ।

    शिक्षा ऐनको सातौं संशोधन (२०५८)देखि नै चार वर्षका बालबालिकालाई दिइने एक वर्षको शिक्षालाई पूर्व प्राथमिक शिक्षा मानिदै आएको छ भने आठौं संशोधन (२०७३)ले यस पूर्व प्राथमिक शिक्षालाई “प्रारम्भिक बाल शिक्षा” नामाकरण गरी आधारभूत शिक्षा (प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८) मा जोडेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन (२०७५)ले प्रारम्भिक बाल शिक्षालाई “प्रारम्भिक बालविकास तथा शिक्षा” को रूपमा परिभाषित गरेको छ। साथै चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नु अगावै दिइने एक वर्ष अवधिको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षा भनेको छ ।

    यसै ऐन अनुसार चार वर्ष, ४८-६० महिनाका बालबालिकाका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (२०६९) तथा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) निर्माण भइ विभिन्न तालिम तथा सन्दर्भ सामग्रीको विकास पनि भएको छ । साथै पाँचदेखि सात वर्षको उमेर समूहका लागि कक्षा १-३ को पाठ्यक्रम पनि सोही अनुसार निर्माण भएको छ ।

    तथापि शैक्षिक गुणस्तर केन्द्रको अनुसन्धान (२०८०) अनुसार कम्तीमा ६३ % निजी र १४% सामुदायिक विद्यालयमा समेत पाँच वर्षका बालबालिका लक्षित गरेर के.जी, यु.के.जी, सिनियर के.जी, प्रि-टु, इसिडी-टु जस्ता विभिन्न नामका कक्षाहरू प्रारम्भिक बाल शिक्षा अन्तरगत सञ्चालनमा छन् । विभिन्न सामुदायिक विद्यालयमाहरूमा पनि निजी विद्यालयको देखासिकि तथा प्रतिस्पर्धाको रूपमा कक्षा १ मा हुनुपर्ने पाँच वर्षका बालबालिकालाई समेत के.जी/ यु.के.जी जस्ता कक्षा थप गरेर राखिएको पाईन्छ ।

    प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र सो भन्दा अगाडि रहेको प्रारम्भिक बालविकास दिग्दर्शन (२०६२) ले समेत चार वर्षसम्मका बालबालिकालाई मात्र समेटेको छ। पाँच वर्षका बालबालिकाका लागि यि विभिन्न नामका कक्षाहरू संचालन गर्नका लागि कुनै औपचारिक पाठ्यक्रम भने उपलब्ध नै छैन । यस कारणले विद्यालय सञ्चालकले आफ्नै तरिकाले पाठ्यक्रम निर्माण गरी कक्षा सञ्चालन गर्दै आएका छन् । जुन प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) विपरित र धेरै जसो कक्षा १को पाठ्यक्रम दोहोर्‍याउने हिसाबका छन् ।

    यस विषयमा धेरै अगाडिदेखि अनुसन्धान तथा जनचेतना फैलाउने प्रयास गर्दै आएका प्रारम्भिक बाल शिक्षा शिक्षकहरूको संगठन (ECETA) का बिना शर्मा र लीना श्रेष्ठका अनुसार विगत १० वर्षदेखिको अनुसन्धान र अनुभवका आधारमा पाँच वर्षका बालबालिकाका लागि सञ्चालित कक्षा बालबालिका तथा अभिभावकका लागि तनावदायी छ । यसले माथिल्लो कक्षाको सिकाइ तथा बालबालिकामा समेत नकारात्मक असर गरिरहेको छ । यस्ता कक्षा धेरै जसो ठूला विद्यालयको कक्षा १ प्रवेश परीक्षाको तयारीमा केन्द्रित छन् । हालसालै काठमाण्डौं उपत्यकामा वहाँहरूले गरेको नमुना सर्वेक्षण अनुसार करीब ७०% शिक्षकले यस उमेर समूहका लागि विद्यालयबाट बनाइएका पाठ्यक्रम बालबालिकालाई धेरै नै बोझिलो र पढाइलेखाइमै केन्द्रित रहेका कारणले बालबालिका र अभिभावकका लागि तनावदायी भएको पाइएको छ ।

    विभिन्न अनुसन्धान अनुसार साना उमेरका बालबालिकालाई पढाइलेखाइमा मात्र बढी जोड दिनाले उनीहरूको आत्मविश्वास, उत्प्रेरणा र विद्यालयप्रतिको दृष्टिकोणमा नकारात्मक असर पर्ने देखिन्छ । त्यसैले पनि प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र कक्षा १-३ को पाठ्यक्रममा पनि सर्वाङ्गीण विकासमा जोड दिइएको छ । प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रममा पढाइलेखाइ मात्र भन्दा पनि अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्यपरिकारको पहिचान र दैनिक रूपमा उपयोग, स्वस्थकर बानी तथा असल सामाजिक व्यवहारको अनुसरण, वैयक्तिक सुरक्षाका उपाय अवलम्बन, दैनिक व्यवहारका कार्य सम्पादनका क्रममा विषयगत सिकाइ र सिर्जनात्मक सोचको प्रयोग र सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनमा आधारभूत सिपको प्रयोगलाई हासिल गर्नुपर्ने सक्षमताको रूपमा राखिएको छ ।

    कक्षा १-३ को पाठ्यक्रमले पनि पढाइलेखाइमा मात्र भन्दा पनि बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सिप, र जीवनोपयोगी सिपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्न जोड दिएको छ । आधारभूत शिक्षाको माध्यमबाट बालबालिका आफू रहेको प्राकृतिक तथा सामाजिक वातावरणसँग परिचित र सचेत गर्न खोजिएको छ । यी सबै बालबालिकाको सर्वाङ्गीण विकासका तत्वहरू हुन् ।

    तथापि हाम्रो सामाजिक मूल्यमान्यता र अभिभावक सचेतनाको कमीका कारण, विद्यालय पठाए लगत्तै बालबालिकाले कखग र ABCD पढ्न र लेख्न सक्नुपर्ने धारणा छ । शिक्षकलाई पनि पुरातन विधि अनुसार रटाउन नै सजिलो छ । यी कुराहरू प्रारम्भिक बाल शिक्षा तथा सिकाइका सिद्धान्त र बद्लिदो समाजमा आवश्यक ज्ञान र सिप विपरीत छन् ।

    प्रारम्भिक उमेरका बालबालिकाका लागि किताबी ज्ञानभन्दा बाहिरका गैर-शैक्षिक सिप, मनोवृत्ति र दृष्टिकोणहरू सिकाइका आधारहरू हुने गर्दछन् जसले उनीहरूको दिर्घकालिन सिकाइमा ठूलो मद्दत पुग्दछ । यसका साथै कानुनमै व्यवस्था नभएको पाँच वर्षका बालबालिकाका लागि थप एक वर्षे कक्षा सञ्चालनमा आउँदा सानै उमेरदेखि समाजमा एक/दुई वर्षे प्रारम्भिक बाल शिक्षा पाएका सामुदायिक विद्यालयका बालबालिका र निजी विद्यालयमा तीन/चार वर्षे शिक्षा पाएका बालबालिका वीच दुई वर्गको निर्माण भइ असमानता समेत सिर्जना भइरहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अनुसन्धान (२०८०) अनुसार पनि कक्षा १ मा आँउदा देखि नै सामुदायिक तथा निजी विद्यालयका विकासात्मक उपलब्धिमा समेत विभेद छ ।

    शिक्षा साथै जीवनकै जगको रूपमा रहेको प्रारम्भिक बाल शिक्षालाई नै व्यवस्थित नबनाइ शिक्षा प्रणालीको सुदृढीकरणको अपेक्षा राख्न सकिदैन । यसका लागि नीतिनियममा थप प्रष्टता ल्याउनुका साथै सम्बन्धित सरोकारवाला निकायहरू तथा स्थानीय तहहरूबाट यसमा आवश्यक अनुगमन तथा नियमन, शिक्षकहरूलाई सहयोग तथा उत्प्रेरणा, र अभिभावक सचेतनाका कार्यक्रमहरू गर्दै जानुपर्ने देखिन्छ ।

    डा. दिपु शाक्य
    प्रारम्भिक बालविकास विशेषज्ञ

    लेखकको बारेमा

  • डा. दिपु शाक्यलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर…

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई…

    दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑