• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    होमपेज /  पत्रपत्रिका

    जसले हजार सपना छोडेर गए

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन १५, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५६९ पटक पढिएको
  • काठमाडौँ, १५ फागुन ।  अग्रज गायक तथा संगीतकार भक्तराज आचार्य हामीमाझ रहेनन् । उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई दम बढेपछि ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो । तर, बाटोमै निधन भएको उनका परिवारले जनाएका छन् । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

    ‘लामो समयदेखि श्वासप्रश्वासको समस्या भोगिरहनु भएका उहाँलाई अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र मैले मेडिसिटी अस्पताल लैजाँदै थियौं । सो क्रममा उहाँको बाटोमै निधन भयो,’ संगीतकार हरि लम्सालले भने ।

    भजन शिरोमणिको उपाधि पाएका गायक आचार्य गत दसैंमा लडेर घाइते भएका थिए । जसका कारण उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि घरमै आराम गर्दै आएका उनी लामो समयदेखि दूध मात्र पिएर बाँचिरहेका थिए ।

    १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको बाल्यकाल भारतको डुम्सीपाडामा बितेको थियो । धनकुटामा रोगको महामारी फैलिएपछि आचार्य परिवार त्यहाँबाट भारतको डुम्सीपाडामा बसाइँ सरेका थिए । भक्तराजले बाल्यकालमै बुबालाई गुमाए । त्यसपछि उनको परिवारमा झनै आर्थिक समस्या आएको थियो । तथापि, आमाले चिया बगानमा मजदुरी गरेर उनलाई हुर्काएकी थिइन् । त्यतिबेला उनी आमासँग चिया बगानमा रमाउँदै गीतहरू गाउँथे । यहाँसम्मकी उनले अध्ययनभन्दा गायनमा आफ्नो समय खर्चिन थाले ।

    साथीहरूले स्वरको प्रशंसा गरेपछि भक्तराजले गायक बन्ने सपना देख्न थाले । तर, त्यहाँ बसेर गायक बन्ने उनको सपना पूरा हुने अवस्था थिएन । पढाइभन्दा विभिन्न सांगीतिक कार्यक्रममा उनको लगाब बढेपछि आमाले पनि नाई भन्न सक्ने अवस्था आएन । त्यसबेला नेपाली संगीतवृत्तमा नारायण गोपाल चर्चामा थिए । भक्तराजलाई पनि उनका गीत मन पथ्र्यो । त्यसपछि गायक बन्नकै लागि उनी काठमाडौं छिरेका थिए ।

    काठमाडौं आउँदा उनीसँग हार्मोनियम, एउटा टिनको बाकस, केही कपडा र पुस्तक थिए । केही वर्ष काठमाडौं बसेर संघर्ष गर्दा पनि गाउने अवसर नपाएपछि उनी फेरि डुम्सीपाडा फर्कनुपरेको थियो । तर, उनको मन ठाउँमा अडिएन । गाउँ फर्केर दिदीसँग बस्दै आएका उनको दिदीसँगै ठाकठुक भएपछि फेरि गायक बन्ने हुटहुटीले काठमाडौं आए ।

    उनी काठमाडौमा संघर्ष गरिरहेका बेला २०३० सालमा रेडियो नेपालले देशव्यापी गायन प्रतियोगिता आयोजना गरेको थियो । उनी सो प्रतियोगितामा उत्कृष्ट भए । स्वर्णपदक पनि जिते । तर पछि आर्थिक अभावमा उनले ६०० रुपैयाँमा स्वर्णपदक समेत बेच्नुपरेको थियो ।

    तर, सधंै समय खराब हुँदैन । उनले त्यसपछि रेडियो नेपालमा नै करारमा जागिर पाए । यसपछि उनले रेडियो नेपालदेखि राजदबारसम्म गीत गाउने अवसर पाए । सोही क्रममा उनले ‘माया मेरी साँझ बनी डोली चढी आउँछिन्…’ गीत गाए । यो गीतले उनलाई गायकका रूपमा केही परिचय दियो ।

    यसपछि दाम्पत्य जीवनमा बाँधिएका उनले एकपछि अर्को गीत गाए । सोही क्रममा भक्तराजले ‘जति चोट दिन्छौ देऊ मायालु, मुटुभित्र साँचेर राख्ने छु…’ गीत गाए । यो गीतबाट उनी निकै लोकप्रिय भए । त्यसपछि भक्तराजको गायन यात्रा चुलिँदै गयो । गीत गाउँदै जाने क्रममा एउटा घटनाको सिकार भए । एक साँझ गुलाम अलीको गीत सुनेर घर फर्किने क्रममा सांघातिक हमलामा परेका भक्तराजले सो घटनापछि जेनतेन ठिक हुँदै गए । तर, सोही क्रममा उनको जिब्रोमा समस्या देखियो । पछि जिब्रोमा क्यान्सर भएको चिकित्सकले घोषणा गरेपछि उनले जिब्रो काट्नुप¥यो । यसपछि उनको गायन यात्रामा पूर्णविराम लाग्यो ।

    उनले गाउन नसकेपछि दुई होनहार छोराहरू सत्यराज आचार्य र स्वरुपराज आचार्य बिस्तारै गायनमा आए । सत्यस्वरुप आज नेपाली सुगम संगीतमा लोकप्रिय कलाकारका रूपमा परिचित छन् । यस्ता दुई होनहार गायकका बुबा एवं तिनै गायक संगीतकार भजन शिरोमणि आचार्यको आइतबार दमको समस्याका कारण निधन भयो ।

    आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी भइरहेको सो प्रतिष्ठानका परिषद् सदस्य चेतन सापकोटाले जनाएका छन् ।

    गायक आचार्यका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत थुप्रै गीतहरू लोकप्रिय छन् । उनी भजनमा पनि त्यत्तिकै पोख्त थिए । गायक आचार्यले दर्जनौंको संख्यामा भजनहरू गाएका छन् । आचार्यले करिब ४०० वटा गीतमा स्वर तथा संगीत दिएको उनका छोरा स्वरुपले जनाएका छन् । उनको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पनि बनेको थियो । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’…

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑