• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    होमपेज /  पत्रपत्रिका

    चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन ११, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८९ पटक पढिएको
  • काठमाडौँ, ११ फागुन ।  इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ । केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो । त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो ।

    श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले उनको शव नेपाल पठाउन आर्थिक अभियान सञ्चालन गरेको थियो ।

    मृतकका दाइ सम्पर्कमा आई आमाका लागि भए पनि शव पठाउनका लागि सहयोग मागेको र सोहीनुसार आर्थिक सहयोग संकलन गरी शव बुधबार टर्किस एयरलाइन्समार्फत नेपाल पठाउन सफल भएको एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

    ‘यहाँबाट शव पठाउन निकै खर्च लाग्ने र झन्झटिलो छ, मृतक अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव पठाउन करिब तीन महिना लाग्यो,’ अध्यक्ष श्रेष्ठले भने ।

    नेपालसम्म शव पठाउन ३ हजार ४ सय ८८ अमेरिकन डलर खर्च लागेको छ भने अभियानका क्रममा उठेको रकमको विवरण नामावलीसहित प्रकाशन गरिने एनआरएनएले जनाएको छ ।

    ‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतक पनि ‘इलिगल’, उनको कम्पनी पनि छैन राहदानी पनि छैन, यस्तो अवस्थामा कतैबाट सहयोग पाइँदैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ (इराक)मा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्छ ।’

    इराकबाट शव नेपाल पठाउन ४ हजार ३ सय डलरदेखि ७ हजार डलरसम्म लाग्छ । इराकमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन हरेकपटक आर्थिक अभियान संकलन गर्नुपरेको श्रेष्ठले बताए ।

    सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत छन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

    विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ । दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरूलाई फाइदा हुने गरे पनि नेपाली कामदारले भने दुःख पाउने गरेका छन् ।

    गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’…

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑