• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    होमपेज /  पत्रपत्रिका

    माओवादी केन्द्रको विधानः हात्तीको देखाउने दाँतजस्तै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन १०, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४५५ पटक पढिएको
  • काठमाडौँ, १० फागुन ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन पार्टी विधान निर्माण गर्दै सकिएको छ । माओवादी गठन भएदेखि पार्टी विधान नभएको होइन, तर प्रतिनिधिका बीचमा छलफल गरी पारित भएको यो विधान पहिलो हो । माओवादी केन्द्र आफैंले यसलाई पहिलो विधान अधिवेशन भन्नुबाटै पुष्टि हुन्छ कि यसअघि यसरी छलफल गरी विधान निर्माण भएको थिएन ।

    पारित सोही विधानअनुसार अब माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयन पनि सोही विधानअनुसार हुनेछ । विधान अधिवेशनबाट पारित विधानले माओवादी केन्द्रलाई लोकतान्त्रिक पार्टीका रूपमा अगाडि बढाउनेछ । यसअघि केन्द्रबाटै तल्लो कमिटीको नेतृत्व तोक्ने परम्परा रहँदै आएकामा अब त्यो अन्त्य हुने विश्वास नेता कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।

    १ फागुन २०५२ मा सशस्त्र जनयुद्धमा होमिएदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पार्टी नेतृत्वमा रहेका छन् । प्रचण्डलाई नेतृत्वबाट हटाउने हैसियत कुनै नेतामा देखिएको छैन । प्रचण्डको प्रतिस्पर्धीका रूपमा देखिएका कतिपय नेताले पार्टी नै छोड्नुप¥यो । विगत २८ वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड बाँचुन्जेल नेतृत्वमै रहने माओवादी केन्द्रकै नेताहरू बताउँछन् ।

    तीन दशकदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्डको विकल्प नभेटेका नेता कार्यकर्ताले के नेतृत्व फेर्लान् ?

    प्रचण्ड आफैंले विधान अधिवेशनमा आफूले नेतृत्व छोड्न तयार रहेको तर नेतृत्वका लागि कोही नेता तयार भइनसकेको बताउँदै अझै आफैं नेतृत्वमा रहने बताइसकेका छन् । मोहन वैद्य, डा. बाबुराम भट्टराईलाई प्रचण्डको विकल्पका रूपमा हेरिएको भए पनि उनीहरू एउटै पार्टीमा छैनन् ।

    प्रचण्डका गुरुसमेत रहेका वैद्य माओवादीमा फर्किने सम्भावना छैन । प्रचण्डसँग हेटौंडा अधिवेशनमा प्रतिस्पर्धा गर्दै नेतृत्व लिन खोजेका बाबुराम नेतृत्वको पार्टीसँग एकीकरण गर्ने प्रयास भइरहेको भए पनि त्यो सफल हुन सकेको छैन । रामबहादुर थापा ‘बादल’सहित केही नेता एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीमै रहेका नेताहरू प्रचण्डसँग प्रतिस्पर्धा गर्ने आँट नै गर्न सक्दैनन् ।

    पारित विधानअनुसार पार्टी नेतृत्व चयन भए पनि प्रचण्डको विकल्प नभएको माओवादी नेताहरू आफैं स्वीकार गर्छन् । पारित विधानअनुसार केन्द्रीय कमिटी गठन गर्दा कार्यकर्तालाई जोगाउन प्रचण्डलाई समस्या पर्ने देखिन्छ । अहिले नै ६ सयभन्दा बढी केन्द्रीय सदस्य रहेका छन् ।

    कुनै समय ४ हजारसम्म केन्द्रीय सदस्य बनाएको माओवादीले अब पारित विधानअनुसार १ सय ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । यसले गर्दा धेरै नेता जिम्मेवारीविहीन हुनेछन् । केन्द्रीय कमिटीमा रहिसकेका नेतालाई अब प्रदेश कमिटीमा कसरी बस्ने भन्ने मिलाउन त्यति सजिलो छैन ।

    ‘पार्टी विधान अधिवेशनबाट विधान त पारित भयो, तर यो हात्तीको देखाउने दाँतजस्तै भएको छ । यसले पार्टीमा कुनै परिवर्तन हुनेवाला छैन । तीन दशकदेखि अध्यक्ष रहेका प्रचण्ड नै अध्यक्ष हुने हो । अन्य पदाधिकारीमा केही तलमाथि हुनसक्छ । हिजोका दिनमा हजारौं केन्द्रीय सदस्य बनाउने पार्टीले अब विधानअनुसार नै १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी कसरी बनाउँछ ? त्यो हेर्न बाँकी नै छ । ‘समग्रमा विधान त बन्यो, तर कार्यान्वयन गर्न प्रचण्ड आफंैलाई गाह्रो हुन्छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।

    विधानअनुसार केन्द्रीय कमिटीका सदस्यहरू महाधिवेशन प्रतिनिधिले चयन गर्ने अधिकार छ । तर, पदाधिकारी केन्द्रीय कमिटीले मात्रै चयन गर्ने पुरानै व्यवस्था नयाँ विधानमा गरिएको छ । यस्तो व्यवस्था यसअघिको विधानमा समेत रहेको थियो । तर, महिनौं लगाएर अधिवेशन सम्पन्न गर्दै प्रचण्ड आफैंले सर्वसम्मतिको नाममा केन्द्रीय कमिटीको घोषणा गर्दै आएका छन् । अब सर्वसम्मत हुन नसकेको महाविधेशनका प्रतिनिधिले लोकतान्त्रिक पद्धतिनुसार निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्न पाउनेछन् ।

    प्रदेश, जिल्ला र पालिका स्तरका सबै कमिटीमा पनि यही व्यवस्थानुसार नेतृत्वको चयन हुनेछ । पारित विधानअनुसार केन्द्रबाट सिधै नेतृत्व घोषणा गर्ने काम बन्द हुन्छ वा चयन गरिएका प्रतिनिधिबाट कमिटीको चयन हुन्छ ? त्यो पनि आउने दिनमा हुने अधिवेशनसम्म पर्खिनुपर्ने हुन्छ ।

    पारित विधानअनुसार अब पार्टीको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिको एक तिहाइ हुनेगरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ हुनेगरी स्थायी समिति बन्नेछ । पार्टीको दैनिक कार्य सञ्चालनका लागि पार्टी अध्यक्षको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने विधानमा उल्लेख गरिएको छ ।

    पारित विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने भनिएको छ । तर, विधानमा पदाधिकारी संख्या कति हुने भन्ने ’boutमा केही पनि उल्लेख गरिएको छैन । ‘विधान अधिवेशनबाट विधान त पारित भयो तर पदाधिकारी कति हुने भन्ने कुरा भोलिका दिनमा प्रचण्डलाई आवश्यक परेजति राख्न सकिन्छ, जुन पहिलेदेखि नै हुँदैआएको कुरा हो, आउने दिनमा पनि सोहीनुसार हुनेछ,’ एक नेताले भने ।

    कतिपय नेताले पदाधिकारीको संख्या आवश्यकतानुसार महाधिवेशनले टुंगो लगाउने बताउँछन् भने कतिपय नेताले पदाधिकारीको संख्या महाधिवेशनले टुंगो लगाउने हो भने यो विधान अधिवेशन केका लागि गरेको भन्दै प्रश्नसमेत गर्दै छन् । जसरी केन्द्रीय कमिटीसहित अन्य कमिटीको संख्या विधान अधिवेशनले टुंगो लगायो, त्यसरी नै पदाधिकारीको टुंगो विधान अधिवेशनले नै लगाउनुपथ्र्यो, तर त्यसो हुन दिइएन । यद्यपि, तल्लो कमिटीमा कुन पदमा कति पदाधिकारी हुने भन्ने विषय विधान अधिवेशनले टुंगो लगाएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’…

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑