• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

      रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

      रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

      नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

      विष्णु पौडेललाई माइक्रोमा काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

      गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

      कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

      इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खुला

       विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

      विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

    होमपेज /  पत्रपत्रिका

    एनआईसी एसिया ‘रन अन बैंक’ अवस्थानजिक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन ८, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ६५६ पटक पढिएको
  • एनआईसी एसिया बैंक दोहोरो मारमा परेको छ । बैंकले एकातिर आफ्नै कर्मचारीको असन्तुष्टि बेहोर्नुपरिरहेको छ भने अर्कोतर्फ आमनिक्षेपकर्ताको अविश्वासको मार खेप्नुपरेको छ । बैंकभित्रको अनियमितताबाट चरम रूपमा असन्तुष्ट रहेका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएसँगै आमबचतकर्ताबीच बैंकबाट आफ्नो जम्मा निक्षेप निकाल्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ ।

    बैंकिङ कारोबारको मूल आधार नै आमबचतकर्ताको निक्षेप हो । बचतकर्तासँग निक्षेप लिएर त्यो रकम लगानी गर्ने हो । आमबचतकर्ताहरू बैंकप्रति विश्वस्त हुन नसकेर रकम फिर्ता गर्न बैंकमा लाइन लाग्न पुग्नुलाई ‘रन अन बैंक’ भनिन्छ । एनआईसी ‘रन अन बैंक’ अवस्थाको एकदमै नजिक पुगेको छ । यो आफैंमा अत्यन्तै संवेदनशील अवस्था हो ।

    हालै सार्वजनिक एक तथ्यांकनुसार एनआईसी एसिया बैंकको निक्षेपमा एक महिनामै १४ अर्ब रुपैयाँको गिरावट आएको छ । नेपाल बैंकर्स संघको तथ्यांकनुसार एनआईसी एसियाको निक्षेप माघ महिनामा ३ खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो भने गत पुसमा यसको कुल निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको थियो । समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआईसी एसिया बैंकको निक्षेप भने उल्लेख्य रूपमा घटेको छ ।

    चलनचल्तीको मूल्यभन्दा धेरै बढी मूल्यांकन गरेर कर्जा प्रवाह गर्ने गरेका कारण एनआईसी एसिया बैंकसँग कर्जा स्वाप गर्न अन्य बैंकले मान्दैनथे । अधिक मूल्यका कारण यस बैंकले असुल नभएको कर्जाको धितो लीलामसम्म गर्न सक्दैनथ्यो । त्यसरी लीलाम हुन नसकेको घरजग्गा बैंकले आफैं सकार्दै आएका कारण अहिले बैंकसँग अधिक मूल्यांकन भएको ‘नन बैंकिङ एसेट’को थुप्रो लागेको छ । ऐनअनुसार हदबन्दी लाग्ने भएको हुँदा अब त थप घरजग्गा सकार्नसमेत अप्ठ्यारो अवस्था सिर्जना भएको छ । यसरी अहिलेको अवस्था के हो भने एनआईसी एसिया कर्जा असुल नहुने, धितो लीलाम गर्न नसक्ने र सम्पत्ति सकार्नसम्म नसक्ने भएको छ ।

    बैंकले आर्थिक संकटसँग जुध्न भन्दै गत जेठ महिनायता ३० वटा शाखारहित बैंकिङ काउन्टर बन्द गरिसकेको छ । बैंकले १८ जेठमा १६ वटा, ४ साउनमा ४ वटा, २४ कात्तिकमा ६ र २९ माघमा थप ४ वटा काउन्टर बन्द गरेको हो ।

    फागुन पहिलो सातामा आइपुग्दा बैंकसँग जम्मा ४७ वटा शाखारहित बैंकिङ सेवा काउन्टर बाँकी छन् । बैंकले २९ माघमा प्रकाशन गरेको प्रेस विज्ञप्तिमा ३ सय ६० शाखा र १ सय १५ वटा बिस्तारित काउन्टर सञ्चालनमा रहेको उल्लेख छ ।

    बैंकले पाँच दिनअघि मात्र चारवटा काउन्टर बन्द गरेको हो । शाखारहित बैंकिङ अवधारणाअन्तर्गत सिरहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७, गोरखाको सिउरिनीटार, झापाको बुद्धशान्ति गाउँपालिका–६ बाट दिँदै आएको बैंकिङ सेवा बन्द गरेको हो भने काठमाडौंमा रहेका आफ्ना शाखासमेत घटाउने नीति एनआईसी एसिया बैंकले लिएको छ ।

    दूरावस्थाका लागि को जिम्मेवार ?
    एनआईसी एसिया बैंकको दुर्गतिका लागि विभिन्न पात्र जिम्मेवार देखिएका छन् । प्रकट रूपमा बैंकका सीईओ रोशनकुमार न्यौपानेको गैरव्यावसायिक व्यवहार नै यसका लागि जिम्मेवार छ । तर, जानकार स्रोतका अनुसार न्यौपाने त गोटी मात्रै हुन् । उनले जे गरे सबै मुख्य लगानीकर्ता विशाल गु्रपको लहडनुसारको आदेशमै गरेका हुन् । यसक्रममा प्रमुख नियामक निकाय राष्ट्र बैंक पनि तमाम अव्यवस्थाप्रति मौन रहेको देखियो ।

    ‘राजनीतिक पहुँचका भरमा एनआईसी सञ्चालक र सीईओको बैंकिङ व्यवसायको सामान्य आचरणविपरीत मनपरीतन्त्र चलिरहँदा केन्द्रीय बैंकले समयमै नियन्त्रण गर्न सकेको भए अवस्था यति बिग्रने थिएन,’ एक विज्ञ भन्छन् । विज्ञको यो भनाइप्रति आमबैंकरहरू अनौपचारिक कुराकानीमा सहमत देखिन्छन् । उनीहरू एनआईसी एसियाका कारण समग्र बैंकिङ क्षेत्र नै बदनाम हुने आशंकाले चिन्तित छन् । बैंकरहरूकै अनुसार दुई वर्षअघि नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई ३ अर्ब रुपैयाँको प्रोभिजिङ गर्न लगाउँदा बैंक सञ्चालकले राजनीतिक दबाब दिई राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठलाई नै सरुवा गराएका थिए ।

    एनआईसी एसिया बैंकको ‘डिफल्ट’ पत्ता लगाएर कारबाही गर्न तम्सिएका श्रेष्ठलाई राजनीतिक दबाबबाट तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालमार्फत् डन्डा चलाइएको थियो । श्रेष्ठ नेपाल बैंक लिमिटेड समस्याग्रस्त हुँदा राष्ट्र बैंकका तर्फबाट व्यवस्थापकीय जिम्मेवारी लिएका व्यक्ति थिए । उनकै पहलमा नेपाल बैंकको वित्तीय अवस्थामा सुधार भएको थियो । एनआईसी एसिया बैंकको वित्तीय फ्रडका विषयमा जानकारी पाएपछि कारबाही गर्न अगाडि बढेका श्रेष्ठ उल्टै कारबाहीमा परेपछि केन्द्रीय बैंकका कर्मचारी एनआईसी एसिया बैंकसँग डराउन थालेका थिए । यसका कारण बैंक सञ्चालक र उच्च व्यवस्थापनको अस्वाभाविक चलखेल बढ्न थालेको हो ।

    तर, प्रकट रूपमा भने बैंकरहरू एनआईसीको प्रतिरक्षामा उत्रेका जस्ता देखिन्छन् । सम्भवतः आफ्नै पनि कमजोरी भएको हुँदा उनीहरू यसो गर्न बाध्य भएका हुन् । अर्कोतर्फ ‘बैंकको ऋण तिर्नुनपर्ने’ आन्दोलनबाट पनि उनीहरू त्रस्त छन् ।

    यता, एनआईसीचाहिँ बैंकको कमजोेरी’bout लेखिएका समाचारविरुद्ध फेक एकाउन्टबाट सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस लेख्न लगाउने र प्रायोजित समाचारलाई सेयर गराउने जस्ता हर्कतमा लागेको छ । बैंकका कर्मचारीहरू आफूलाई यस्तो उर्दी आएको बताउँछन् ।

    यसैबीच, एनआईसी एसिया बैंकले १ फागुनमा जारी गरेको विज्ञप्तिमा राष्ट्र बैंकको सुपरिवेक्षण चलिरहेको स्वीकार गरेको छ । सो सुपरिवेक्षण नियमित भएको पनि बैंकको दाबी छ । बैंकले हरेक दिनजस्तै जारी गर्ने विज्ञप्तिमा भने उसले आफ्नो कमजोरीलाई अस्वीकार गर्दै आएको छ ।

    तथ्यांकमा बैंकको स्थिति
    – चालू आवमा बैंकको नाफा ४१ दशमलव ८४ प्रतिशतले गिरावट
    – खराब कर्जा ९५ प्रतिशतभन्दा बढीले वृद्धि
    – गैरबैंकिङ धितो साढे ३ अर्ब रुपैयाँभन्दा बढी, धितो दुई वर्षसम्म लीलाम हुन सकेनन्
    – ऋण नउठ्दा बैंकले यस वर्ष ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँ ‘लोन लस्ट प्रोभिजन’ गर्न बाध्य
    – ८० भन्दाबढी ऋणीसँग १ अर्ब रुपैयाँ ऋण असुली गर्न ऋण असुली न्यायाधीकरणमा मुद्दा खेप्दै
    – ब्याज आम्दानी १० दशमलव १३ प्रतिशत र सञ्चालन नाफा २४ दशमलव १३ प्रतिशत घट्यो
    – वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक
    – प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा घट्यो

    यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा…

    आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑