• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

      पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो, प्रधानमन्त्रीलाई जानकारी थिएन

      जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

      लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त 

      २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

      रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव 

      भक्तपुर पोटरी स्क्वायरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तिस्बरहरु)

      थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

      नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

      प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

      तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

      कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन

      माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित)

      श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

      प्लेअफको सम्भावना बलियो बनाउन विराटनगरलाई जनकपुरविरुद्ध जित्नैपर्ने दबाब

    होमपेज /  पत्रपत्रिका

    दुबईमा १५ नेपाली अलपत्र

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ २८, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५१२ पटक पढिएको
  • काठमाडौँ, २८ माघ । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् ।

    ‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँभन्दा बढी पैसा बुझाएर आयौं, तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौं,’ अलपत्र परेका १५ जनामध्येका एक चित्रमणि महतोले भने, ‘हामी यहाँ आएको दुई महिना भयो, कम्पनीले काम दिन्छु दिन्छु मात्र भन्छ, यति तारिख उति तारिख काम दिन्छु भनेको पनि दुई महिना भयो, हामी दुई महिनादेखि बन्द कोठामा कामको पर्खाइमा बसिरहेका छौं ।’

    नेपालबाट पठाउने म्यानपावरले पनि फेब्रुअरी १८ तारिखभित्र काम दिने भनेको तर त्यो म्यानपावरको भनाइमा पनि विश्वास गर्ने केही आधार नभएको उनले बताए । आफूहरूले एउटा भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि म्यानपावरले धम्क्याउने गरेको उनीहरूले बताएका छन् । ‘म्यानपावर पोखराको जब प्लेसमेन्ड भए पनि हामीहरू काठमाडौंको कस्तुरी म्यानपावरबाट आएका हौं, त्यो भिडियो किन राखेको भनेर अहिले हामीहरूलाई थर्काउने गरिरहेको छ,’ महतोले भने ।

    म्यानपावरले एक साता पर्ख दुई साता पर्ख भन्ने गरेको भन्दै झल्याउने गरेकाले तत्काल आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन पीडितले माग गरेका छन् । आफूहरू कम्पनीको चाइना क्याम्पमा बस्दा खानाको लागि ३५० दिराम दिएको भए तापनि अहिले अर्को क्याम्पमा सारेपछि १०० दिराम दिएको र त्यहाँ खाना पनि महँगो हुँदा त्यो पैसा पनि सकिएर भोकभोकै बस्नुपर्ने अवस्था आएको उनीहरूले बताए ।

    अबुधाबीमा रहेको लेबरकोर्टसमेत गरेको भन्दै उनीहरूले कुनै सुनवाइ नभएको बताए । ‘न कम्पनीले काम दिएको छ न पैसा, हामी नेपालबाट चर्को ब्याजमा ऋण काढेर आएका हौं, यहाँ कम्पनीले दिएको पैसाले खानै पुग्दैन,’ अर्का पीडितले प्रश्न गरे, ‘नेपालमा परिवारलाई के पठाउने ?’

    आफूहरू लामो समयदेखि कामविहीन बनाएर राखेको पैसा पाउनुपर्ने, आफूहरूलाई सकुशल उद्धार गर्न‘पर्ने, पठाउने म्यानपावरलाई कारबाही गर्न र स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, अबुधाबीस्थित नेपाली दूतावासलगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

    दुबई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय
    दुबई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय भएको पाइएको छ । त्यहाँ कार्यरत नेपालीसमेतलाई लक्षित गरेर गिरोहले ठगीधन्दा चलाइरहेको पाइएको नेपाल एसोसिएसन (एआरएनए)ले जनाएको छ ।

    पछिल्लो यूएईमा ठगले दुबई पुलिसको नाम लिएर ठगी गर्ने उद्देश्यले मोबाइलमा फोनकल तथा विभिन्न सञ्जाल ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोबाइल म्यासेज गर्ने र इमिरेस्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंकको सीभीसी नम्बर माग्ने र सो नम्बर लिई सकेपछि तपाईंको रजिस्टर मोबाइलमा आउने ओटीपी नम्बरसमेत मागी सो खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने जस्ता गिरोहको बिगबिगी रहेको हुँदा यस्ता क्रियाकलाप सजक रहन एनआरएनएले अनुरोध गरेको छ ।

    सजक हुनुपर्ने र गर्नुपर्ने कुराहरू
    १. यूएईमा कुनै पनि प्रशासनिक फोनकल गर्दा ल्यान्ड लाइनको प्रयोग गरिएको हुन्छ, यस्ता ठगी फोनकल मोबाइल नम्बरबाट आउने गर्दछन् ।

    २. पुलिसले फोन गरेर कहिल्यै पनि बैंकको जानकारी तथा सीभीसी नम्बर माग गर्दैन र त्यस्तो जानकारी कसैलाई पनि नदिनू

    ३. कहिलेकाहीं पुलिसको पोसाक लगाई इमो, बोटिमका माध्यमबाट ठगी फोन आइहाले नआत्तिन र नहतासिन पनि आग्रह गर्दछौं । पुलिसले फोन गर्न कहिल्यै पनि इमो बोटिम सञ्चार माध्यमको प्रयोग गर्दैनन् ।

    यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते…

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑