• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    •  विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

      विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

      विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति, ‘अदृश्य शक्तिकेन्द्रको प्रभाव’ भएको आरोप

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

      आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

    होमपेज /  पत्रपत्रिका

    रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ २२, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४३१ पटक पढिएको
  • काठमाडौँ, २२ माघ ।  रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन् । साथै, आफन्तले रुसमा भर्ती भई सम्पर्कमा रहेका नेपालीहरुसँग पनि सोधखोज गरिरहेका पाइएको छ ।

    सरकारले पटक–पटक रुसलाई पत्राचार गरेर नेपालीलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरे पनि दैनिकजसो नेपाली सम्पर्कविहीन भएका खबर आइरहेका छन् । विशेषगरी, युद्धमा मोबाइल ‘एल्लो जोन’मा राखेर जाँदा अहिले धेरै नेपाली सम्पर्कविहीन अवस्थामा रहेको रुसी सेनामा कार्यरत नेपाली डायमन्ड सी म्यग्देलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका ७० जनाको परिवारले अवस्था पत्ता लगाइदिन आग्रह गरेको बताएका छन् ।

    रुस–युक्रनको सीमा नाकामा दैनिकजसो हुने युद्धमा हताहतीको खबर आइरहेका बेला नेपालमा रहेका परिवारका सदस्यले सम्पर्कविहीन भएकाहरूको खोजी गरेका हुन् । हालसम्म आधिकारिक रूपमा नेपालबाट कति नेपाली रुस गएका छन् भन्ने यकिन तथ्यांक नभए पनि ४ हजारबढी नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ ।

    दुई महिनादेखि सम्पर्कमा नआएपछि परिवार चिन्तित

    नेपालबाट रुसी सेनामा भर्ती हुन गएकामध्ये १४ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ । साथै ३० भन्दा बढी घाइते भएको रुसबाट फर्किएर आएका एक घाइतेले राजधानीसँग बताए । युक्रेनी सेनाको आक्रमणमा परेर दुई गोली लागेर घाइते भएका ती नेपाली हाल उपचार गराइरहेका छन् ।

    ती घाइते नेपालीका अनुसार भाषा समन्वयका कारण पनि नेपालीलगायत अन्य मुलुकका नागरिकको बढी हताहती भएको हो । ‘हामीहरू धेरै मुलुकका छौं, देश अनुसारका भाषा फरक भएपछि एकले अर्कोको भाषा नबुझिने समस्या छ भने कतिपय मुलुकका नागरिकले अंग्रेजी पनि नबुझ्ने अवस्था छ,’ उनले भने, ‘युद्धमा जाँदा रुसी सेनाले आफ्नो भाषामा बोल्दा अघि जाने कि पछि हट्ने अन्योलबीच युद्धमा जाँदा क्ष्ति हुने गरेको छ ।’

    नेपालसहित १५ मुलुकका नागरिक भर्ना भएको नाम नबताउने सर्तमा ती नेपालीले बताए । ‘हामीलाई रुसका ’boutमा कुनै पनि जानकारी बाहिर नदिनु भनेर भनिएको छ,’ उनले भने, ‘यस कारण पनि बाहिर सामाजिक सञ्जाल र अन्य माध्यमबाट हामी टाढा रहेका हौं ।’

    केही दिनअघि रुसी सेनामा भर्ती भएका म्याग्दीका डायमन्ड सीलाई नेपालमा रहेका आफन्तले आफ्नो छोराको अवस्था बुझिदिन भनेपछि सामाजिक सञ्जालमार्फत् उनले युद्धमा हुने सम्भावित अवस्था’bout बताएका छन् ।

    ‘रुसी सेनामा आबद्ध भएर दुई–तीन महिनादेखि सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा बढी परिवारजनले आफ्नो मान्छेको अवस्था’bout केही बुझिदिनुप¥यो भनेर फोटो, डकुमेन्ट, म्यासेज पठाइरहनुभएको छ,’ रुसी सेनामा कार्यरत नेपाली डाइमन्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले रुसी सेनामा भर्ती भई केही महिनादेखि सम्पर्कविहीन बनेका नेपालीका परिवारलाई नआत्तिन आग्रह गरेका छन् ।

    उनले नेपालमा रहेका आफन्तलाई सान्त्वना दिँदै बंकरमा ड्युटी पर्नेहरू तीन महिनासम्म फोन तथा इन्टरनेटको पहुँचमा नहुने भएकाले नआत्तिन आग्रह गरेका छन् । ‘कतिपय जंगल इलाकामा बंकरमा ड्युटी पर्नेहरू रिप्लेस नहुँदासम्म दुईदेखि तीन महिना फोन तथा इन्टरनेटको पहुँचमा हुँदैनन्, मोबाइल लैजान पाइँदैन, मोबाइल एलो जोनमा छाडेर जानुपर्छ,’ म्याग्देलीले भनेका छन्, ‘रिप्लेस भएर फर्केपछि मात्रै फेरि सम्पर्कमा जोडिने अवस्था हुन्छ, तसर्थ नआत्तिनुहोला, वारमा जानेको हकमा चाहिँ बढीमा एक महिना सम्पर्कविहीन भयो भने घाइते तथा अपांग, हताहती वा दुस्मनको कब्जामासमेत पर्नसक्ने अवस्था हुन्छ ।’

    दैनिक हताहती र सम्पर्कविहीनको खबर आउँदा सरकार मूकदर्शक
    रुसी सेनामा दैनिक नेपालीहरू भर्ना हुनेक्रम र सम्पर्कविहीन हुनेको संख्या बढिरहँदा सरकार मूकदर्शकजस्तै बनेको छ । सरकारले आफ्नो तर्फबाट नेपालीहरूलाई रुसी सेनामा भर्ना नगर्न पटक–पटक पत्राचार पनि ग¥यो । तर, रुसले न कूटनीतिक नोटको जवाफ पठायो, न भर्ना गर्न नै छाड्यो । एकपछि अर्को घटनाका शृंखला दोहोरिरहेका छन् ।

    नेपालका दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध हाल सन्तुलन भए पनि रुससँग समन्वय गर्न नसक्दा आफ्नो मुलुकका मृतक नागरिकको लाससमेत ल्याउन नसक्ने अवस्था भएको छ । पछिल्लो समय परराष्ट्रमन्त्री एनपी साउदले रुस भ्रमणका लागि आग्रह गर्दासमेत उनले रुस भ्रमणको अनुमति पाउनसकेका छैनन् ।

    युगान्डाको राजधानी कम्पालामा माघ पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग भेटवार्ता गरेका थिए ।

    भेटमा रुसी उपविदेशमन्त्रीलाई साउदले नेपाली नागरिकलाई गैरकानुनी रूपमा भर्ना नगर्न र भर्ना भएका सम्पूर्णलाई नेपाल फर्काइदिन आग्रह गरेका थिए । साथै, उनले आफूलाई मस्को भ्रमणको बाटो खोलिदिन पनि आग्रह गरेका थिए । तर, रुसले साउदले गरेको प्रस्ताव मानेन, न नेपालीलाई भर्ना गर्न नै छाड्यो । नेपालमा उपस्थित कूटनीतिक च्यानलमार्फत रुस भ्रमण गर्ने उनको प्रस्तावसमेत सफल भएको छैन ।

    रुसमा कति नेपाली छन् भन्ने समेत नेपालको परराष्ट्र मन्त्रालयले भन्न सकिरहेको छैन । तर, केही समयअघि २ सय नेपाली रुसी सेनामा भर्ना भएको सार्वजनिक रूपमा बताए पनि सो भन्दा १० गुणा बढी नेपाली त्यहाँ कार्यरत रहेको घाइते भएका नेपालीहरूले बताएका छन् ।

    सरकारप्रति आफन्तको आड र भरोसा छ, तर सरकार आफैं रुसमा रहेका नेपालीलाई फिर्ता गर्ने ’bout केही गर्नसक्ने अवस्थामा छैन । सरकारले रुस सरकारलाई तीनपटक त पत्राचारसमेत गरिसकेको छ भने भ्रमणको अनुमति माग्दासमेत रुसले बेवास्ता गरिरहेको छ ।

    हमास विद्रोहीले गत २० असोजमा इजरायलमा आक्रमण गर्दा नेपालका १० युवाको मृत्यु भएको थियो । त्यसपछि द्वन्द्वग्रस्त मुलुकमा नेपालीलाई लिन हवाईजहाज चार्टर्ड गरेर आफैं गएका परराष्ट्रमन्त्री साउदले प्रशंसा पनि बटुलेका थिए ।

    तर, हमासले बन्धक बनाएर लगेका विपीन जोशीलाई सरकारले अहिलेसम्म पनि मुक्त गर्न सकेको छैन । उनको अवस्था अझै अज्ञात रहेको छ । त्यस्तै, रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई फिर्ता गर्न सक्छन् भन्ने अपेक्षा आफन्तले राखेका भए पनि परराष्ट्रमन्त्री साउद आफैं के गर्ने भन्ने अन्योलमा छन् ।  यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल…

    विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑