• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

      गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

      गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार स्वीकार्य छैन’

      नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

      लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

      कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

      देश ठुलो संकटतर्फ उन्मुख भएको संकेत देखिँदैछ: डा. बाबुराम भट्टराई

      इनम प्रकरण र न्यायालयको दुरावस्था 

      सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

      २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

      फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

      कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

      काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही

      वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

      हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

    होमपेज /  लेख/साहित्य

    विपत्तको सारथि ,नेपाल रेडक्रस सोसाइटी

    डि.बि. भण्डारी

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० भाद्र १२, मंगलबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
  • २७५७ पटक पढिएको
  • काठमाडौँ ।  हरेक सामाजिक संस्थाहरुको विशिष्ट लक्ष्य तथा उदेश्यद्वारा तिनिहरु सञ्चालित हुन्छन। स्वायत्तताको अवधारणा अगांलेका कतिपय राष्ट्रिय वा अन्तरास्ट्रिय संस्थाहरु अन्तर्राष्ट्रिय महासन्धि तथा राष्ट्रिय कानुनको दायरामा रहि सामाजिक सेवाका कामहरु गर्दै आइरहेका हुन्छन। त्यस्तै विपत्तिको समयमा राहत उद्दार तथा पुन:स्थापनाको अवधारणा बोकेका कयौं संस्थाहरुको तुलनामा अग्रणी बन्न सफल अन्तर्राष्ट्रिय संस्था हो रेडक्रस सोसाइटी ।

    स्थापना तथा विश्व सन्दर्भ

    रेडक्रस सोसाइटी विशुद्ध मानवीय सेवा र प्रवद्वन गर्ने उदेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय स्वयमसेवी पवित्र संस्था हो । संसारभरी प्राकृतिक एंव मानविय कारणले हुने ठुला विपत्तिहरुको पहिलो साथी रेडक्रस सोसाइटी हो। यस्तो कल्याणकारी संस्थाको स्थापना स्विट्जरल्याण्डका महामानव जां हेनरी ड्युनाले गरेका थिए, उनी एक व्यापारी थिए १८५९ मा व्यापारिक प्रयोजनको सिलसिलामा नेपोलियन तृतियलाइ भेट्न फ्रान्स जादांका बखत सल्फेरिनो भन्ने स्थानमा अष्ट्रिया तथा इरान र फ्रान्सको बिचमा भएको युद्ध जसको नेतृत्व नेपोलियनले गरेका थिए , युद्धको दृश्य ,विपत्ति,शक्तिशाली सेनाहरुको अपहेलित व्यवहारका कारणले बढेको पीडा तथा संकट देखेर मानविय सेवामा समर्पित हुने योजना बनाउनुभएको ड्युना सोहिबखत स्थानीय महिलाहरुको सहयोगमा युद्धरत दुवै पक्षका सेना तथा घाइतेहरुलाइ उद्दार र तत्काल उपचारमा केन्द्रित हुनुभएको थियो। त्यसपछि मानविय उद्वार राहत तथा संकटमोचन गर्ने कल्याणकारी संस्थाको कल्पना गरि उहांले व्यापार व्यवसाय र आफ्नो व्यक्तिगत जीवनबाट माथी उठेर संसारलाइ सामाजिक सेवामार्फत सहयोग गर्ने उदेश्यले “सल्फेरिङको सम्झना” भन्ने पुस्तक १८६२ मा लेख्नुभएको थियो जसमा घाइते सैनिकको हेरचाह तथा उपचार, विपत्तिहरुमा मानविय सहायता र प्राथमिक उपचार तथा सामाजिक सेवाका विभिन्न अवधारणाहरुको व्याख्या गरिएको थियो , जुन पुस्तकले हरेक देशमा संकटको बखत सहयोग गर्ने स्वयंसेवकको आवश्यकता तथा त्यसलाई राष्ट्रिय मान्यता दिनुपर्ने विचारलाई जोडरुपले उठाएको थियो जुन विचारकै जगमा पहिलोपटक सन् १८६३ मा ड्युनाको नेतृत्वमा एउटा बैठक बस्यो,यसमा पाँचजना सदस्य मात्र रहेका थिए। यस बैठकको निर्णय अनुसारका अनुसार १८६३ फेब्रुअरी १७ मा स्वतन्त्ररुपमा मानविय हित,कल्याण प्रवद्वन तथा आपतकालीन अवस्थाहरुमा सहयोग गर्नका लागि छुट्टै संस्थाको परिकल्पना गरि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको स्थापना भयो,जुन परिकल्पनालाई एउटा पुस्तकले साकार रुप दिएको थियो।

    हेनरी ड्युनाको प्रयासमा १८६४ मा पहिलो जेनेभा महासन्धि भएको थियो,यसमा १२र देशहरुले सहमतिका लागि हस्ताक्षर गरेका थिए ‌,जसको प्राथमिक उद्देश्य १२ देशमा संस्था खोलेर भएका वा हुन सक्ने युद्ध,द्वन्द्व ,लडाइंहरुमा स्वयंसेवकको रुपमा भुमिका निर्वाह गर्ने सिपाहीको हेरविचार र उपचार गर्ने , कुनै युद्ध लडाईँ नभएको भए जनताको हेरचाह गर्ने शिक्षा दिने सहयोग गर्ने वा सामाजिक कार्य गर्ने उद्देश्यले भएको थियो।स्मरणीय बिषय के छ भने स्थापनाकालमा यो संस्थाले विशुद्ध युद्ध वा विपतमा स्वयंसेवक र प्रतिकार्यको उदेश्य बोकेको थियो हाल यो संस्थाले विश्वका १९० भन्दा बढि देशमा शाखा विस्तार गरिसकेको छ भने करिब दुई करोड जति यसका सक्रिय सदस्यहरु मानविय सेवा तथा सहयोगार्थ तल्लीन छन, यसको प्रधान कार्यलय स्विट्जरल्याण्डको जेनेभामा रहेको छ। “विश्व ब्लड बैंक” पनि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीद्वारा नै स्थापित संस्था हो । सन् १९३७ मा अमेरिकामा पहिलोपटक रेडक्रस सोसाइटीले ब्लड बैंकको स्थापना गरेको थियो । युद्ध वा द्वन्द्व मानविय कानुनसंग जोडिने भएकाले अन्तरास्ट्रिय मानविय कानुनको निर्माण ,कार्यान्वयन तथा अनुगमनमा समेत रेडक्रसको महत्त्वपूर्ण भुमिका छ। त्यसो त यस मातहत ICPR र federation नामक दुइवटा संस्थाहरु रहेका छन ,सामान्यतया ICPR द्वन्द्व ,युद्ध तथा मानविय कार्यसंग बढि नजिक छ भने सो बाहेकका कामहरुमा federation क्रियाशिल रहेको छ।

    नेपाल सन्दर्भ तथा मान्यता

    अन्तर्राष्ट्रिय रेडक्रसको स्थापना भएको करिब एकसय बर्षपछि नेपालमा २०२० भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो,तत्कालीन समयमा नेपालले स्थापनाका लागि गरेको प्रयास तथा जेनेभा महासन्धिमा हस्ताक्षर गरि देखाएको प्रतिबद्धता बमोजिम स्थापित संस्थाको पहल गर्ने व्यक्ति डा. जयनारायण गिरि थिए भने तत्कालीन स्वास्थ्य मन्त्री डा. नागेश्वर प्रसाद सिहं नेतृत्वको तदर्थ समितिले स्थापना गरेको थियो। स्थापनाकालदेखि सेवाभाव,विपत्तिमा मानविय सहायतलाइ मुल मन्त्र बनाएको यस संस्थाले अहिले धेरै उचाइ हासिल गरिसकेको छ। यो मानिसभित्र भएका असल भावना र अभिव्यक्तिको रुपमा जन्मिएका एक संगठन हो । नेपाल रेडक्रस सोसाइटी दुःखमा परेको मानिसको एक असल साथी बनेर उभिएको छ। ऊ सँग न कुनै स्वार्थ छ न त कुनै आफ्नोपन खोज्छ,छ त केवल सेवाभाव र केवल सहायता मात्र, हरपल हरेक मानिसको दुःखमा साथ दिनको लागि अगाडि सर्छ ,औषधिउपचार प्राथमिक उपचारको निमित्त सेवा दिने संस्थाको रूपमा चिनिन्छ तसर्थ प्राकृतिक वा मानव सिर्जित विपत्तीमा अग्रसरताका कारण यसलाइ विपत्तिको सारथि नेपाल रेडक्रस सोसाइटी भनिएको हो। घमशान युद्धको रण मैदानमा पनि सयपत्री र मखमलीका परोपकारी फूलहरु फुलाउने,मृत्यु अलापी रहेका घाउहरुमा मलम लगाउने एक साथी हो रेडक्रस सोसाइटी नेपाल ।

    नेपनल रेडक्रस सोसाइटीलाई नेपाल रेडक्रस सोसाइटीको विधान ,२०२० (अठारौ संशोधन,२०७७ सहित ) को परिच्छेद १ को दफा ७ मा यसलाई दिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको व्यवस्था छ जसबमोजिम राष्ट्रिय मान्यतामा वि .सं.२०२० भाद्र १९ गते स्थापना भई २०२१ साउन २५ गते आइतबार तत्कालीन श्री मजिष्ट्रेड अफिस काठमाडौंमा दर्ता भएको र २०२१ साल साउन १६ नेपाल सरकार ( तत्कालीन श्री ५ को सरकार ) बाट जेनेभा अभिसन्धि अनुरुप मानवीय सेवाकाे क्षेत्रमा सरकारको सहयोगी ( auxiliary to the public authorities in the humanitarian field ) निकायको रुपमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका आधारभूत सिद्धान्तअनुरुप कार्य गर्ने स्वयत्त , स्वयमसेवी सहायता संस्थाको हैसियतमा नेपाल रेडक्रस सोसाइटीलाई मान्यता दिइएको छ। भने अन्तर्राष्ट्रिय मान्यतामा वि .स. २०२० साल माघ २४ गते नेपाल सरकार जेनेभा अभिसन्धि हरूको पक्षराष्ट्र भएको र २०२१ साल असोज १६ गते रेडक्रसको अन्तराष्ट्रिय समितिबाट मान्यता प्राप्त तथा २०२१ साल असोज १७ गते तत्कालीन लिग अफ रेडक्रस र रेडक्रिसेण्ट सोसाईटिज ( हालको इन्टरनेशनल फिडेरेशन अफ रेडक्रस एण्ड रेडक्रिसेण्ट सोसाइटीज ) सदस्यता प्राप्त संस्था भनी मान्यता प्राप्त भएको छ

    नेपाल रेडक्रस पनि रेडक्रस अभियानका सात सिद्दान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकतामा आधारित रहि स्थापना भएको तथा वर्तमान समयमा संघिय संरचना अनुकुल संस्थाको संगठनात्मक ढांचाको सुढृकिकरण तथा विस्तारद्वारा अन्य गैरसरकारी संस्था र सरकारको सहयोगमा संकटासन्न मानविय जीवनमा सुधार,मानविय पिडामा राहत प्रदान गर्ने,आत्मनिर्भर र स्वाधिन संस्था बन्नु यसको प्रमुख लक्ष्य हो। यसले सम्बन्धित राष्ट्रको कानुनको अधिनमा रहि तथा जेनेभा सन्धिको व्यवस्था बमोजिम आफ्ना कामहरु गर्छ।

    नेपालमा रेडक्रससम्बन्धि व्यवस्था

    अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अंगको रुपमा नेपालमा स्थापना भएको रेडक्रसलाई नियमित व्यवस्थित तथा सञ्चालित गर्ने काम नेपाल रेडक्रस सोसाइटीको विधान २०२० बमोजिम भइरहेको छ , जसमा राष्ट्रिय,प्रदेश,स्थानिय समिति विभिन्न सर्कलहरु तिनको निर्वाचन तथा महाधिवेशन ,निर्वाचन आयोग ,यसका प्रमुखकार्यहरु,उदेश्य लक्ष्य,सदस्यता प्राप्ति तथा वितरण ,कोषहरुको व्यवस्था गरिएको छ। मानवीय सेवामा तल्लीन रेडक्रस हाल केन्द्र, सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार ६०० उपशाखा तथा ६ हजारभन्दा बढी जुनियर/ युवा सर्कलमार्फत स्वयंसेवक परिचालन गरिराखेको छ भने उपशाखाको मातहतमा रहने गरि विद्दालय स्तरमा जुनियर युवा सर्कल तथा माध्यमिक तहमा समेत युवा सर्कल र सहयोगी समितिहरु समेत रहेका छन।

    विपद् व्यवस्थापनमा रेडक्रसको भूमिका

    नेपाल रेडक्रस सोसाइटीको उद्देश्य धर्म ,वर्ण, लिंग, वर्ग, जाति , भाषा, भुगोल, राष्ट्रियता वा राजनीतिक आस्थाको आधारमा भेदभाव नगरी मानवीय विपत्ति र पीडालाई रोकथाम, न्यूनीकरण, निवारण गर्ने एवं मानव जीवन र मर्यादाको संरक्षण गर्ने हो ,यहि मुल मन्त्रमा प्रतिबद्ध रहि रेडक्रस र यसमातहतका शाखाहरुले विभिन्न कल्याणकारी कामहरु गर्दै आएका छन। रेडक्रस भन्ने बित्तिकै मानविय सोचमा आपत विपत ,कुनै घटना जोखिम वा समस्यामा उद्दार गर्ने ,राहत उपलब्ध गराउने, प्राथमिक उपचार तथा सहायता उपलब्ध गराउने संस्था भन्ने बुझिन्छ । विपत भन्नाले बाढीपहिरो ,भूकम्प , आगोलागी, हावाहुरी , सडक दुर्घटना ,चट्याङ तथा प्राकृतिक वा मानवसिर्जित संकटग्रस्त अवस्थालाइ जनाउछ। यस्ता विपद्का लागि पूर्वतयारी र उद्दार र राहतका रेडक्रसकर्मीहरु आफ्नो वास्ता नगरेर जनताको सेवाका लागि अगाडि लागेका हुन्छन् । मानव जीवन सधै एकनास हुँदैन कहिले के हुन्छ कसैलाई थाहा हुँदैन ,कैले के आपत विपद् पर्छ भन्ने कुरा कसैले थाहा हुँदैन त्यसैले आपत विपत र जोखिमको सामना गर्न , नियन्त्रण गर्न पूर्वतयारी र विपतको समयमा प्रभावित व्यक्तिहरुलाई राहात वितरण , आपतकालीन प्राथमिक उपचार , यम्बुलेन्स र सञ्चार सेवा प्रदान आँखा उपचार तथा पारिवारिक पुनःस्थापना सेवा प्रदान गर्दै आएको छ ।
    पछिल्लो समय ब्लड बैकंको स्थापनामार्फत रगत संकलन तथा मानविय जीवन बचाउन समेत रेडक्रस अग्रसित छ जसको कामको तुलना गर्न सकिदैन ।

    स्थापनाकालमा युद्धमा घाइते भएकाहरुको उद्दार गर्ने लक्ष्य लिएर स्थापना भएतापनि अहिले यसको काम त्यतिमा मात्र सिमित छैन। केही वर्ष अगाडिदेखि नेपाल रेडक्रसले पनि सेवा र विकासमूलक गरी दुवै प्रकारका सेवाहरू गर्दै आइरहेको छ । एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, मोतियाबिन्दुको अप्रेशन लगायतका आकस्मिक सेवाहरू प्रदान गरेको छ भने समुदायमा आधारित आँखा अस्पताल, खानेपानी, आधारभूत स्वास्थ्य हेरचाह, शरणार्थी व्यवस्थापन, महिला सशक्तीकरण, समुदायको क्षमता अभिवृद्धि, एचआइभी र एड्स रोकथाम, मानवीय मूल्यको प्रदर्शन, सरसफाइ, दुव्र्यसन लगायत विभिन्न गतिविधिहरूमार्फत् सरकारको विकास निर्माणमा सामुदायिक विकास कार्यक्रम सुरू गरेको छ ।

    वि.सं. १९९०,२०४५ र २०६३ तथा २०७२ सालमा ठुलाठुला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रस ले ठूलो भूमिका खेलेको छ ,भुकम्पमा पुन:निर्माण राहत तथा आर्थिक रुपमा ठूलो सहयोग गरेको रेडक्रसले सो बखत सिन्धुपाल्चोक ,गोरखा लगायतका अति प्रभावित क्षेत्रमा सहयोग गरेको थियो। गोर्खा भूकम्पपछि रेडक्रसले सरकारसँग तत्काल सहकार्य गरी खोज, उद्धार, राहत र पुनर्लाभका क्षेत्रमा महत्वपूर्ण सेवा पुर्याएको थियो । पुनःनिर्माणका क्रममा प्रभावित जिल्लामा उसले नेपालको मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)सँगको सहकार्यमा ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ सञ्चालन गरेको थियो। हिमालमा हिम पहिरो होस् या तराईमा शीत लहर या पहाडको बाढि पहिरो , जस्ता प्राकृतिक विपत्ति हुन या सशस्त्र द्वन्द लगायत विभिन्न द्वन्द्वमा पिडितको पहिचान तथा उद्वारका निम्ति वकालत गर्ने ,कोरोना महामारीमा अक्सिजन उपलब्ध गराउने तथा क्षमता विकासका तालिमहरु सञ्चालन गर्ने नै किन नहुन यी सबैमा रेडक्रसको अभियानमात्र होइन सहयोग र उद्वार समेत जोडिएको छ।आज भोलि वर्षायामको समयमा आउने बाढी पहिरोमा धेरै मानिसको घर डुवानमा पर्ने भएकाले सतर्कता अपनाउने र यस बाट पीडित व्यक्तिलाई उद्धार गर्ने काममा रेडक्रस सोसाइटी ले ठूलो भूमिका खेलेको छ ।यसले विपद् व्यवस्थापनमा सहयोगी भूमिका खेलेको छ। असक्त या बालबालिका माथि हुने दुव्र्यवहारबाट कसरी बच्ने?बिछोड भएका आफन्तहरूसँग कसरी जानकारी लिने? डेङ्गु कोरोना जस्ता महामारीबाट कसरी बच्ने? बाढि पहिरोको पुर्वतयारी कसरी गर्ने?रेडक्रस चिन्हको सदुपयोगको बारेमा, सुरक्षा सम्बन्धी जानकारी लगायत विभिन्न कुराहरूमा रेडक्रसले जनचेतना फैलाएको हुन्छ । सबै समुदाय तथा जातको भावनालाई आत्मसम्मान गर्दै विभिन्न नाम र पद्दतिबाट एउटै उद्देश्यका साथ मानवीय सेवा नाम बोकेको यश संस्था विपतको सारथि बनेको छ।

    विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य खानेपानि सरसफाई अभियान , सडक सुरक्षा , आपतकालीन स्वास्थ्य ,विपद् जोखिम न्यूनीकरणको लागि ग्रामीण र सहरी क्षेत्रमा बलिया भवन निर्माणमा सहयोग गर्ने , विभिन्न संघसंस्थाको भवन निर्माणमा सहयोग गर्ने, विपद् व्यवस्थापनसम्बन्धी आवश्यक कानुन समयसापेक्ष बनाउन सहयोग गर्ने जस्ता अतुलनीय काम पनि रेडक्रस सोसाइटी र यसमातहतका शाखाहरुले गर्दै आइरहेका छन।
    एक थुकी सुकी , सय थुकी नदी भन्ने मान्यता बमोजिम स्थापित संस्था आज कुनैपनि विपत्ति ,महामारी तथा युद्धमा नजोडिएको इतिहास छैन।

    नेपाल अविकसित राष्ट्र भएकोले यहाँ दुर्गम ठाउँका मानिसहरु विरामी परेको समयमा उपचार त के राम्रोसँग सिटामल समेत पाउँदैनन्,झाडापखाला ,डेङ्गु जस्ता महामारीमा पनि पुर्वतयारी तथा स्वास्थ उपचारका लागि उल्लेखनीय कामहरु गर्दै आएको छ। अस्पतालको बेडमा घाइते बिरामी रगतको कमीले छटपटी रहँदा रेडक्रस सोसाइटीले रगत प्रदान गरी मृत्यु हुनबाट बचाउँछ । रक्तदान अनि सहज रक्त उपलब्धताका लागि रेडक्रस अद्धितीय संस्था हो । यसका अलवा अपाङ्गताको क्षेत्रमा ,अनि हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनः निर्माणमा हातेमालो सहकार्यमा समेत रेडक्रसले एकदमै महत्वपुर्ण भुमिका खेलेको छ।

    रेडक्रस मानवताको पुजारी हो । जसरी घाउलाई मलमपट्टी आवश्यकता पर्दछ त्यसरी नै मानिसको जीवनमा रेडक्रस सोसाइटीको आवश्यकता पर्छ अहिले यो मानव जीवनको अंग झै बनेको छ। समाजमा बस्ने सबैलाई सामाजिक प्राणी त भनिन्छ, तर सबैमा मानवीय गुण हुँदैन मानव भएर पनि अमानवीय क्रियाकलाप गर्दै हिँड्ने गर्छन । यस्ता अमानवीय क्रियाकलापको नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्ने संगठन रेडक्रस सोसाइटी हो ।

    लामो इतिहास बोकेको नेपाल रेडक्रस सोसाइटी देशको सबैभन्दा ठूलो मानवीय संस्था हो । सामाजिक परोपकारी काम गर्ने मानवीय सेवाको नायक यो संस्थाले आफूलाई संसारभरि अब्बल रुपमा प्रस्तुत गर्छ र यसमा संलग्न भएका स्वयंसेवकहरु उच्चस्तरको परोपकारी भावनाले उत्प्रेरित भएका हुन्छन् । निस्वार्थ भावले समाजसेवा गर्दागर्दै कतिले त आफ्नो सर्वस्व सकिएको समेत थाहा पाउँदैनन् बरु रमाउँछन् र गर्व गर्छन् ।

    चुनौती तथा समाधान

    विश्वव्यापी रुपमा सानदार परिचय बोकेको रेडक्रस सोसाइटीले नेपालमा भने विगत केही दशँकदेखि हेर्दा राम्रो तर भित्र खोक्रो भइरहेको छ । कानुनबमोजिम स्थापित संस्था आफैमा गलत होइन तर खराब नेतृत्वको संगत तथा राजनीति दलको प्रभावले अन्तर्राष्ट्रिय समुदाय समक्ष लज्जित हुनुपर्ने अवस्थाको सिर्जना समेत विगतमा भएकै हो। गुगल,फेसबुक लगायत सामाजिक सञ्जालतिर रेडक्रसको बारेमा खोजी गर्दा राम्रा भन्दा भ्रष्टाचार ,अनियमितता राजनैतिक दलको संरक्षणमा काम गरेको जस्ता तथ्यहरु भेटिनु , केन्द्रकै लहरो स्थानिय सर्कल सम्म फैलिनु मानविय संस्था धर्मराएको र यसको उपचार आवश्यक रहेको महसुस हुन्छ। लामोसमयसम्म नेतृत्व छनोट नहुनु,भएपनि भंग हुनु,लेखापरीक्षण नहुनु,राजनैतिक रुपमा समानान्तर समितिहरु बनाउनु तथा भागबन्डामा लिप्त भएकोले अन्तर्राष्ट्रिय समुदायले समेत सहयोगका क्षेत्रहरु घटाएको बिषयलाइ नजरअन्दाज गर्न मिल्दैन ।

    नेपालको रेडक्रस सोसाइटीको संगठनमा राजनीतिक दलले ठूलो प्रभाव पारिसकेको छ । संस्था संगठन अहिले राजनीति गर्ने थलो बनिसकेका छन् । संस्थामा अब मानवीयताको भावनाले काम गर्नेहरु धेरै पाइदै पाइदैनन् ।

    मानवीय संकटमा सबैभन्दा पहिले सम्झीने रेडक्रस हो । नेपाल सरकारको निकट सहयोगी संगठनका रुपमा रहेको छ । कुनै विपद्पछि जस्तै विभिन्न प्राकृतिक प्रकोप बाढीपहिरो हावाहुरी जस्ता विपद्ले पुर्याएको क्षतिबापत दिइने क्षतिपूर्ति र राहत संगठनका पदाधिकारीले हिनामिना गर्ने गरेको पनि पाइन्छ त्यसैले यसले गर्दा जनताले रेडक्रस सोसाइटीलाई हेर्ने दृष्टिकोणमा पनि केही कमि आएको जस्तो देखिन्छ। मानविय सहायता नै मुलमन्त्र लिएको पवित्र संस्था यस्ता विवादहरुबाट मुक्त हुन जरुरी छ। जनतालाइ देखाएको सेवाभाव अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिबद्धता पूरा हुन सकेमा मात्र यसका सिद्धान्त र लक्ष्यले मान्यता पाएको ठहर्छ।

    संस्थाभित्र मितव्ययिता, आन्तरिक सुशासन, पारदर्शिता र जवाफदेहिताकायम गर्ने, गराउने विषयहरूमा ध्यान दिनु जरुरी छ । गुमेको विश्वास कायम गराउन तदर्थ समिति,निर्वाचित प्रतिनिधिहरुले सबैक्षेत्रहरुसंग समन्वय गर्नुपर्छ,राजनैतिक भागबन्डाबाट मुक्त भइ केवल मानविय जीवन संरक्षण तथा विपत व्यवस्थापन जस्ता कामहरुमा केन्द्रीकृत हुन सकेमा गुमेको राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वास फिर्ता लिइ स्वतन्त्र सम्मानित ,आत्मनिर्भर संस्था बन्न सक्नुपर्छ त्यसका लागि सरकारले समेत छुट्टै कानुनको दायराभित्र रेडक्रसलाई समाहित गर्नुर्ने आवश्यकता छ।

    रेडक्रस संगठनभित्र पनि राजनीतिकरण र पदाधिकारी चयनमा आफ्नो मान्छेको छायाँमा पार्ने जस्ता अनैतिक गतिविधि नियन्त्रण गर्नुपर्दछ । र सबैलाई समान विभेदरहित, समाताकाे आधारमा संगठनका पदाधिकारी चयन गर्ने गर्नुपर्दछ । जुनसुकै संस्थालाई भ्रष्टाचारीको पञ्च बाट छुटकारा दिलाउन असल जवाफदेही र पारदर्शी सरकार सहितको नेतृत्वको खोजी हुनु जरुरी छ । रेडक्रसका निर्वाचित पदाधिकारी तथा विभिन्न शाखाहरुको समन्वयमा ६१ओैं रेडक्रस दिवसको अवसरमा विगतमा भएका कामहरुको समीक्षा गरि भ्रष्टाचार तथा भागबन्डाको राजनितीबाट मुक्त हुन प्रयास प्रतिबद्धता गरेमा अवश्य पनि यो नेपाल रेडक्रस सोसाइटी सर्वोकृष्ट बन्ने नै छ।

    डिबि भण्डारी
    ख्वप कलेज अफ ल भक्तपुर

    लेखकको बारेमा

  • डि.बि. भण्डारीलेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हामी भुल्ने छैनौँ त्यो भदौ – २४ को विध्वंस ‼️

    सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन,…

    गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

    गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस…

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आर्थिक

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑