सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३१ साउन । कैलालीको जानकी गाउँपालिका – ६ मा विगत १६ दिनदेखि अवरुद्ध बिजुली आपूर्तिका लागि यही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठले पहल गरिरहेको जनाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत रहेकी श्रेष्ठको पहलमा १६ दिनदेखि अवरुद्ध विजुली नियमित हुने भएको हो ।
मन्त्री रञ्जिताले विजुली आपूर्ति नियमित गर्न उर्जा मन्त्री शक्ति बस्नेतसँग समन्वय गरेकी हुन् । यससँगै अबको दुई दिन भित्रै बिजुली आपूर्ति नियमित गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता उर्जा मन्त्री बस्नेतले जनाएका छन् ।
ट्रन्समिटर पड्किएर १६ दिनदेखि विजुली आपूर्ति ठप्प हुँदा करिब नौ सय परिवार अन्धकारमा बस्न बाध्य छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा