सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ माघ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सय रूपैयाँले घटेर एक लाख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने आज आइतबार स्थिर रहेर १ हजार ३७५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा