• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आन्तरिक उडानको भाडा बढ्यो

      अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट बहुमतले पारित

      नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी, ‘सार्वजनिक हितको कामलाई अतिरञ्जित गरियो’

      मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा बिनाचिरफार उपचार

      अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

      शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

      बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

      ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने

      समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

      रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

      सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट : हवाई सुरक्षा सूचीबारे चर्चा

      vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

      सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट ट¥यो : सांसद खरेल

      प्रधानमन्त्रीसँग रास्वपाका सुदूरपश्चिमका सांसदको भेट, विकास आयोजना र स्थानीय समस्याबारे छलफल

      भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

    होमपेज /  आर्थिक

    नेपालको कुरिलो विदेश निर्यात

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ अषाढ ६, सोमबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १५२२ पटक पढिएको
  • चितवन ।  नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका-२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।

    एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् ।

    उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उहाँले भनाइ छ । आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उहाँको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आउनुभएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आउनुभएको छ ।

    कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आउनुभएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

    भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उहाँले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उहाँले गुनसो गर्नुभयो ।

    अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उहाँले जानकारी दिनुभयो । आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उहाँले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”

    उहाँले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्नुभएको हो ।

    सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।” बुबाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिकरुप दिएको उहाँको भनाई छ ।

    कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उहाँले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताउनुभयो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

    vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आन्तरिक उडानको भाडा बढ्यो

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी,…

    मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा…

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    सिंहदरबारमा प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    आर्थिक

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑