सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, ५ जेठ । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको रामलाल डगौरा थारु विजयी भएका छन् ।
थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नवराज रावललाई हराउनुभयो । उहाँले ९६४२ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६६४२ मत ल्याउनुभएको छ ।
त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी हुनुभएको छ । शाहले ७९५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विकले ७८०२ मत ल्याउनुभएको छ ।
टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा