सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरीको । सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बन्नुभएको हो ।
उहाँले सात हजार २९२ मत ल्याउनुभयो । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ ।
सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले चार हजार २१७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहनुभएको छ । एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याउनुभयो ।
उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याउनुभएको छ ।
वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई÷दुईमा जीत हासिल गरेका छन् । सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा