सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, १ जेठ । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ ।
अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले ७१४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले ४३६१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले ६६३६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले ४१९५ मत प्राप्त गरेका छन् ।
सात वडा रहेको बाह्रदशीमा चारमा कांग्रेस तथा एक÷एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा