सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोलखा, १ जेठ । बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेती निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधव घिमिरेलाई दुई हजार १२७ मतको फराकिलो अन्तरले पछि पार्दै लामा अध्यक्षमा विजयी भएका हुन्। लामाले पाँच हजार २९९ मत प्राप्त गरे भने घिमिरेले ३ हजार १७२ मत पाए।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका कल्याण दाहाललाई दुई हजार ५६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै उप्रेती उपाध्यक्षमा विजयी भए। विजयी उप्रेतीले पाँच हजार २७३ मत प्राप्त गरे भने पराजित दाहालले दुई हजार ७०८ मत प्राप्त गरे।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा