सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ जेठ । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र लिङ्देन पुनर्निर्वाचित भएका छन्।
उनले नेकपा (एमाले) का डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गरेका हुन्।
लिङ्देनले ६ हजार ८५६ मत र गिरीले चार हजार ६६६ मत प्राप्त गरेका छन्।
अध्यक्षमा निर्वाचित रवीन्द्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ हुन्।
उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन्। मैनालीले पाँच हजार ७८ मत र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले चार हजार १०६ मत प्राप्त गरेकी छिन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा