सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ जेठ । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र लिङ्देन पुनर्निर्वाचित भएका छन्।
उनले नेकपा (एमाले) का डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गरेका हुन्।
लिङ्देनले ६ हजार ८५६ मत र गिरीले चार हजार ६६६ मत प्राप्त गरेका छन्।
अध्यक्षमा निर्वाचित रवीन्द्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ हुन्।
उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन्। मैनालीले पाँच हजार ७८ मत र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले चार हजार १०६ मत प्राप्त गरेकी छिन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा