सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ ३ । माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित हुनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई २१७२ मतान्तरले पराजित गर्दै ताराकुमारी बिजयी हुनुभएको हो ।
मेयरमा निर्वाचित महतोले ९९०१ मत प्राप्त गर्नुभएको छ भने पराजीत काफ्लेले जम्मा ७७२९ मत मात्रै प्राप्त गर्नुभयो । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए ।
उपमेयरमा भने कांग्रेसका खेम महतोले ६८३० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले ५१४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले ३०८६ मत पाउनु भएको छ । माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा