सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २२ ,काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका, चीतवनवाट मेयरका लागि उम्मेदवारी दर्ता गर्ने भएकी छिन्। मिडियामा म काठमाडौंवाट उठ्न लागेको चर्चा भयो, वास्तवमा त्यो होइन, चितवनका जनताले मलाई भरतपुर महानगरपालिकाबाट उठ्नु पर्छ भनिरहेका छन्,’ नेतृ दाहालले नागरिकन्युजसँग भनिन्, ‘मेरो ध्यान पनि गृहजिल्ला चितवन कै भरतपुर महानगरपालिकावाट उम्मेदवारी दिने सोच बनाएको छु।’
काठमाडौंबाट उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले गृहजिल्ला चितवनको भरतपुर महानगरपालिकाबाट उम्मेदवारी हुनेरुचि देखाएकी हुन्। पछिल्लो समय काठमाडौंको मेयर उठने चर्चा चलेको थियो। ‘मिडियामा म काठमाडौंवाट उठ्न लागेको चर्चा भयो, वास्तवमा त्यो होइन, चितवनका जनताले मलाई भरतपुर महानगरपालिकाबाट उठ्नु पर्छ भनिरहेका छन्,’ नेतृ दाहालले नागरिकन्युजसँग भनिन्, ‘मेरो ध्यान पनि गृहजिल्ला चितवन कै भरतपुर महानगरपालिकावाट उम्मेदवारी दिने सोच बनाएको छु। सबै निर्णय त पार्टीले गर्छ।’
पछिल्लो समयमा आफूले राजनीतिक गतिविधि मात्र होइन विकासका कार्यक्रम पनि भरतपुर केन्द्र बनाएर गरिरहेको उनले दाबी गरिन्।। प्रधानमन्त्री दाहालकी छोरीहरु मध्ये रेणु मात्रै सक्रिय राजनीतिमा छिन्। गत संविधान सभा चुनावमा काठमाडौं–१ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी उनी पार्टीको पोलिटब्युरो सदस्य हुन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा