सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १८ ,सन्धिखर्कः चिटिक्क परेको सानो घर, घरवरिपरी सफासुग्गर वातावरण, आँगनको छेउमा खलानो र चाङ पनी । घर अगाडिको गोठमा खेलिरहेका बाख्राका पाठापाठी हेरेर बिना रमाइरहेकी छन् । घरको आँगनमा बसेर गोठका बाख्रा र पाठापाठी खेलीरहेको देख्दा बिनाले निकै आनन्द महसुस गर्छिन् । अर्घाखाँचीको सितगंगा नगरपालिका साविक सिद्घारा गाविस वार्ड नं. २ मा बसोवास गर्ने बिना भुसाल बाख्राको स्याहार सुसार गर्दा आफ्नो मन खुबै खुसी हुने बताउँछिन् । घरका भैंसीसमेत बिक्री गरी व्यावसायिक बाख्रापालनतर्फ अग्रसर भुसाल आफूमात्र हैन सबै गाउनै व्यावसायिक बन्नुपर्ने बताउँछिन् । व्यवस्थित र व्यावसायिक रूपमा बाख्रा पालन गर्न सके स्वरोजगार तथा मनग्गे आम्दानी लिन सकिने उनको विश्वास छ । दुईवटा बाख्रा उपहार प्राप्त गरी बाख्रा पाल्न थालेकी बिनासँग दुई वर्षमै दसवटा बाख्रा पुगीसके ।
सुनौलो स्वाबलम्बी समूहको अध्यक्षसमेत रहेकी बिनाले समूहलाई अब्बल र उदाहरणीय बनाउन निकै लागिपरेको बताइन् । बाख्रा पालनलाई जसरी व्यवस्थित गर्दै लगेकी छन् उनले समूहलाई पनि त्यसरी नै व्यवस्थित र स्वाबलम्बी बनाउन सफल भएकी छन् । मासिक बचत संकलन, सामूहिक काम, लाहुरे स्वागत, नाचगानलगायत गरी संकलन भएको रकम समूहमा ऋणस्वरूप सस्तो ब्याजमा परिचालन गर्ने कामले सदस्यहरूलाई सजिलो भएको छ । सामाजिक समस्या बैठकमा उठान गर्ने र निराकरण गरी समतामूलक समाजमा रुपान्तरण गर्ने काममा आफूहरू लागीपरेको समूह अध्यक्ष भुसालले बताइन् ।
हेफर इन्टरनेसनल नेपालको सहयोगमा नेपाल चेतना केन्द्र अर्घाखाँचीद्वारा सिद्धारामा सञ्चालित बाख्रा विकास परियोजनाबाट महिलाको क्षमता विकास तथा आर्थिक विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन भए पश्चात बिना भूसाल जस्ता धेरै महिलाको चेतना विकास भएको हो ।
परियोजना सञ्चालनका निम्ति गठन भएका स्वावलम्वी समूहमार्फत त्यस क्षेत्रमा विविध गतिविधि सञ्चालन भइरहेका छन् । फलस्वरुप महिला सामाजिक विकाससँगै आर्थिक विकासको बाटोमा अघि बढ्दै गइरहेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा