• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १०, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कामना सेवा विकास बैंकद्वारा ‘इंटरबैंक टेलर क्यूआर’ सेवा सुरु, अब अन्य बैंकका खाताबाट पनि रकम झिक्न सकिने

      गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

      सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने

      ९४६ केजी गाँजा समातेका पराजुली बने सर्वोत्कृष्ट प्रहरी

      गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

      भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रशासनसहितको सत्ता आवश्यक : जनार्दन शर्मा

      मनसुनजन्य विपद्को कृत्रिम अभ्यासले परिपक्व बनाउँछ : प्रजिअ तिवारी

      पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : ओली

      ५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो

      गभर्नर डा.पौडेललाई चेम्बरको सुझाव

      आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवाहारमा उतारौं : राष्ट्रपति

      शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा

      ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई

      ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छ : मन्त्री खड्का

      भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिवसहित ९ जना कर्मचारी सरुवा

    होमपेज / अन्य

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ १०, शुक्रबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४४ पटक पढिएको
  • काठमाडौं । दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ ।

    निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको सम्बन्धित निकायका अधिकारीहरुको भनाइ छ ।

    किसानका उत्पादन सङकलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्चिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता निलकण्ठ गौतको भनाइ छ । उनले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकारे ।

    उनले भने ‘प्लेटफर्म एउटै भयो । विगतमा डीडीसी मात्र थियो । हामी अभिभावकको भूमिका थियौं । अहिले निजी क्षेत्रको उपस्थिति वाक्लिएको छ । सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्छ भनेर खुल्ला अर्थ नीतिको अभ्यास गरिरहेकाले त्यसको असर देखिएको छ । विगतको तुलनामा हाल धेरै संख्यामा डेरीहरु खुलेका छन् । निजी क्षेत्र र डिडिसीका उत्पादन जाने क्षेत्र एउटै भएकाले प्रतिस्पर्धा व्यापक छ । हिजोको अवस्थामा डिडिसीले डेढ लाख लिटरसम्म बजारमा दुध पठाएको थियो । त्यही सिलसिलामा अहिले उत्पादन बढ्दै गएको छ । बजारीकरण बढ्न नसकेपनि जनघनत्व बढेको छ । तर जनघनत्व बढेपनि निजी डेरी धेरै भएकाले हाम्रा उत्पादन बजारमा खपत गराउन सकेका छैनौं ।’

    गौतमका अनुसार संस्थानसँग करिब तीन अरवको अचल सम्पती र सँवा अरवको मौजात सामाग्री रहेको छ । मौजात सामाग्री धेरै रहेकाले खर्च कटौटी गरी बजार विस्तार गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने उनी बताउछन् ।

    यसैगरी काठमाडौं दुग्ध वितरण आयोजनाका प्रबन्धक इन्द्रभुषण कुमार यादव नीजि क्षेत्रले निर्धारण गरेको मूल्यका कारण डिडीसीलाई असर परेको बताउँछन् । तर डिडीसीको उत्पादन निजी क्षेत्र भन्दा उच्च गुणस्तरीय रहेको दाबी गर्छन् ।

    ‘हामी निजी क्षेत्र भन्दा धेरै अगाडि छौ । हाम्रै मापदण्ड र गुणस्तरसँग उनीहरु तुलना गर्दै अगाडि बढिरहेका छन् । कुनैपनि किसिमले हामीले उपभोक्ता ठगेका छैनौ । मापदण्डमा सक्षम छौं । हाम्रो उत्पादनमा अखाद्यय बस्तु नमिसाई खाद्य संस्थानको मापदण्डको नीतिअनुरुप बजारमा दुध उपलब्ध गराएका छौं,’ उनले भने ।

    ‘हामीलाई अलिकति नीजि क्षेत्रको मूल्यले खुम्चाइरहेको छ । जसले गर्दा विक्रीमा गिरावट आएको हो । निजी क्षेत्रको मूल्य उनीहरुको हातमा छ तर हाम्रो मूल्य नेपाल सरकारसँग हातमा छ । हामी हाम्रो नीतिअनुसार घटाएर बजारमा बेच्न सक्दैनौ,’ उनले भने ।

    प्रबन्धक यादवले उपभोक्तालाई सचेत रही डिडिसीका उत्पादन प्रयोग गर्न अनुरोध समेत गरे ।

    ‘उपभोग्ताहरु सचेत हुनुपर्छ । डिडिसी नेपाल सरकारको हो र गुणस्तरीय छ । यसमा सबै नेपाली जनताको लगानी छ । किसानहरु विहान ३ बजे नै उठेर नियमित रुपमा दुध पठाउनुहुन्छ । त्यसलाई संकलन गरेर उपभोक्ता सामू पुर्याइरहेका छौं । गुणस्तरमा कमी गरेका छैनौं । डिडीसीलाई आक्रमण गरी निजी क्षेत्रले खुम्चाएको जस्तो पनि देखिदैन्,’ उनले भने ।

    यस्तै, प्रवक्ता गौतमले डीडीसीका उत्पादन नेपाली सेना, प्रहरीलगायत नेपाल सरकारका निकायहरुले अनिवार्य उपभोग गर्नुपर्ने र त्यसको लागि मन्त्रालयले पनि सहयोग गर्नुपर्ने बताए ।

    उनले थप भने, ‘हाम्रा स्टोरमा मौजात रहेका सामाग्रीहरु सामान्य बजारमा कटाउन सक्ने अवस्था नरहेकाले सरकारको निकायहरु आर्मी, पुलिस, निजामती कर्मचारीहरुलाई सर्कुरल जारी गरी स्थानिय तहरुमा अनिवार्य रुपमा डिडिसीका उत्पादन प्रयोग गरेमात्र हाम्रो मौजात रहेको सामाग्री घट्नेथियो ।’

    उनले टाढाबाट ढुवानी गर्नुपर्ने भएका कारण खर्च धेरै लाग्ने जसले गर्दा निजी क्षेत्रको जसरी काम गर्न नसक्ने बताए । उनले सामान स्टक रहेकाले भुक्तानी सहज हुन नसकेको पनि बताए ।

    ‘सरकारको स्वामित्वको रहेको संस्था भएकाले निजी क्षेत्रको जस्तो जति चाहिन्छ त्यती मात्र लिन्छौ । त्यो भन्दा बढि लिदैनौ भन्न पाउँदैनौ । सरकारले खटाएको ठाउँमा पुगेर किसानको हितलाई पनि ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ । टाढा पुग्दा ढुवानी खर्च धेरै लाग्छ । चालु खर्च नै धेरै लाग्ने भएकाले निजी क्षेत्रको जसरी गर्न सक्दैनौ । भुक्तानी सहज हुन नसकेको कारण चाहीं स्टकमा सामान बसेर नै हो । दुध सबै बजारमा खपत हँुदैन त्यसकारण बाइप्रोडक्ट बनाएर राख्नुपर्ने हुन्छ । त्यसमा पाउडर र बटर बनाउँछौ । त्यसलाई स्टोर गरेर राखी दुध कम हुँदा बजारीकरण गर्छौ,’ उनले भने ।

    प्रवक्ता गौतमले संस्थानसँग लगभग तीन अर्बको अचल सम्पत्ति रहेको सुनाए । उनले भने, ‘हामीसँग करिब तीन अर्बको अचल सम्पत्ति छ । संस्थानसँग मौजात रहेको करिब सँवा अर्ब रुपैंयाँको सामग्री मौजात छ । सरकारी स्वामित्वको संस्था भएकाले सरकारले चाहयो भने सरकारी निकायहरुमा डिडिसिका सामाग्री अनिवार्य गर्न सक्छ ।  खर्च कटौती गरी बजार विस्तार गर्न मन्त्रालयसँग प्रस्तावनाहरु बुझाएका छौ ।’

    तथापी, लामो समयसम्म किसानको रकम भुक्तानी नहुने र संस्थानको व्यवस्थापकीय अक्षमताका कारण डिडीसीप्रति विश्वनीयता घट्दै गएको छ । विक्री घटेको छ । कोभिडअघि डीडीसीको एक लाख २० हजार लिटर दूध नेपालमा खपत हुने गरेको भएपनि अहिले ७० हजार लिटर भन्दा तल झरेको बताइन्छ ।

    बजारको मागलाई मध्यनगर गर्दै डीडीसीले प्रशोधित दूधहरुमा स्टान्डर्ड, होलमिल्क, काउ मिल्क र टि मिल्क उत्पादन गर्दै आएको छ । त्यस्तै, मोजोरेल, याक र कञ्चन चीन पनि उत्पादन गर्दै आइरहेको छ । यि बाहेक मख्खन, घिउ, मिठाई, दही, लस्सी, आइसक्रिम लगायत प्रोडक्ट उत्पादन गर्दै आएको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता

    नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी

    अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

    रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

    परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

    लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट फेरि हेर्दाहेर्दैमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी

    अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

    रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

    परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

    कामना सेवा विकास बैंकद्वारा ‘इंटरबैंक टेलर क्यूआर’ सेवा सुरु, अब अन्य बैंकका खाताबाट पनि रकम झिक्न सकिने

    गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

    सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने

    ९४६ केजी गाँजा समातेका पराजुली बने सर्वोत्कृष्ट प्रहरी

    गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

    गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

    पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : ओली

    भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिवसहित ९ जना कर्मचारी सरुवा

    नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रियाहरु लामो हुने समस्या छ : मन्त्री  पन्त

    आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

    विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी

    अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

    रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

    परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

    आज २०८२ जेठ २ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    जुम्लाका आठ स्थानीयतहको बेरुजु ३० करोड

    विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

    आजदेखि ‘सगरमाथा संवाद’ सुरु

    हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे विदाई

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    ‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा ‘इंटरबैंक टेलर क्यूआर’ सेवा सुरु, अब अन्य बैंकका खाताबाट पनि रकम झिक्न सकिने

    गभर्नर डा.पौडेललाई चेम्बरको सुझाव

    एक हजार एक सयले घट्यो सुनको मूल्य

    सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

    दोहोरो अङ्कले बढ्यो नेप्से

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑