सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । जुम्लाका आठ स्थानीय तहको बेरुजु साढे ३० करोड रहेको देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवदेननुसार एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीयतहको बेरुजु रकम कूल ३० करोड ५६ लाख ७४ हजार रहेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा कूल ३७ करोड बढी बेरुजु रहेको जुम्लाका आठ पालिकाले पछिल्लो आर्थिक वर्षमा आर्थिक सुशासन कायम गर्न ध्यान दिएको देखिन्छ ।
३७ करोडबाट सात करोडले घटेर आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक बेरुजु रकम ३० करोडमा सिमित भएको छ । तर गत वर्ष कम बेरुजु भएका पालिकाको बेरुजु बढेको छ । भने गत वर्ष सबैभन्दा कम बेरुजु रहेका स्थानीय तहको घटेको छ ।
पालिकागत रुपमा बेरुजु घटबढ् भएपनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियमसंगत बनाउन जोड दिइरहेको देखिन्छ । यद्यपी, अपेक्षित परिणाम देखिएको छ ।
आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ । दोस्रोमा तातोपानी गाउँपालिका छ ।
गत वर्ष कम बेरुजु आउनेमा प्रथम बनेको तातोपानी गाउँपालिका यश वर्ष एकतह घटेको छ । गत आवमा दोस्रो भएको हिमा गाउँपालिकाले पनि बेरुजु शुन्यमा झार्ने लय समाउन नसकेको देखिएको छ । भने गत आवमा सबैभन्दा बढी ९ बेरुजु भएको चन्दननाथले यश वर्ष उल्लेखीय सुधार गर्दै बेरुजु कम गर्नेमा पहिलो पालिका बनेको हो ।
स्थानीयतहमा जनप्रतिनिधिको दबाद,वितरणमुखी कार्यक्रममा बढी लगानी,उत्पादनशील क्षेत्रमा लगानी न्यून हुनु र कर्मचारीले विधि पद्वत्तिअनुसार बजेट खर्चमा ध्यान नदिँदा बेरुजु बढ्ने गरेको छ।
महालेखा परिक्षकको ६२ औ प्रतिवदेन अनुसार एक नगरपालिका सहित सात गाउँपालिकाले आर्थिक सुशासन कायम गर्न जोड दिएका छन् । प्रतिवदेननुसार आठ पालिकाको ३० करोड ५६ लाख बेरुजु छ । त्यसमध्य नियमित गर्नु पर्ने(विल भरपाई,कागजात अपुग),सैद्धान्तिक बेरुजु बढी देखिन्छ भने असुल उपर गर्नुपर्ने बेरुजु कम छ ।
गत आवको भन्दा सात करोडले बेरुजु घटेपछि आर्थिक सुशासनमा पालिकाहरु केन्द्रित हुन थालेको देखिन्छ । प्रतिवेदननुसार जिल्लाका आठ पालिकामध्य सबैभन्दा बढी गुठिचौर गाउँपालिकाको ४ करोड ३८ लाख ४३ हजार (६.१६) प्रतिशरत बेरुजु रहेको छ । गत आवमा ५ करोड २१ लाख बेरुजु रहेकोमा यश वर्ष घटाएपनि अरु पालिकाको तुलनामा बढी हो ।
भने सबैभन्दा कम चन्दननाथ नगरपालिकाको ३ करोड १४ लाख ७६ हजार (२.४८) प्रतिशत बेरुजु छ । गत आवको तुलनामा चन्दननाथले ६ करोड बेरुजु घटाएको छ ।
त्यस्तै तातोपानी गाउँपालिकाको ३ करोड ८१ हजार अर्थात कुल लेखा परिक्षण गरेको रकम मध्य (२.८१) प्रतिशत बेरुजु छ । जबकी तातोपानीको गत आवमा १ करोड ५४ लाख बेरुजु थियो । अहिले डेढ करोड बेरुजु बढेको छ ।
कनकासुन्दरी गाउँपालिकाको ३ करोड ९९ लाख ५५ लाख (४.०५) प्रतिशत, तिला गाउँपालिकाको ४ करोड ३३ लाख ३१ हजार (४.२७) प्रतिशत बेरुजु रहेको छ ।
साथै पातारासी गाउँपालिकाको ४ करोड २४ लाख १३ हजार (४.७१) प्रतिशत,सिंजा गाउँपालिकाको ३ करोड ९९ लाख ९० लाख (४.५७) प्रतिशत र हिमा गाउँपाालिकाको ३ करोड ४६ लाख १५ हजार (३.८७) प्रतिशत बेरुजु रहेको छ । जबकी गत आवमा २ करोड६७ लाख बेरुजु थियो । घट्नको सट्टा हिमाको करिब एक करोड बेरुजु बढेको छ ।
यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले गत आवमा सबैभन्दा कम बेरुजु आएको र यश वर्ष शुन्यमा झार्ने लक्ष्य राखिएपनि केही प्रक्रियागत त्रुटिले समस्या भएको बताए । उनका अनुसार असुल उपर गर्नु पर्ने,नियमित गर्ने बेरुजु सबै प्रक्रियानुसार पूरा गरिने छ ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बेरजु कसरी कम गर्ने कुरा कर्मचारीमा भर पर्ने बताए । अहिले नयाँ हाकिम आएको र जनप्रतिनिधि र कर्मचारीको समन्वय सहकार्य प्रभावकारी भईरहेकोले आगामी वर्षमा बेरुजु घटाउने गरि काम गरिने उल्लेख गरे ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा