सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको टेरामक्स प्रणालीमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यससँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ।
अख्तियारले दायर गरेको मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँको बिगो माग गरिएको छ। मुद्दा दायर भएसँगै अख्तियार ऐन, २०४८ को दफा १७ अनुसार सार्वजनिक पदमा बसेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने व्यवस्था अनुसार बस्नेत अब संसदमा बस्न अयोग्य भएका छन्।
टेरामक्स एक प्रकारको टेलिकम ट्राफिक निगरानी प्रणाली हो, जसले मोबाइल, इन्टरनेट र भ्वाइस सेवा प्रदायकहरूको गतिविधि नियमन गर्न सहयोग गर्छ। नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी कम्पनीसँग मिलेर यो प्रविधि खरिद गरेको थियो।
तर अख्तियारले दाबी गरेअनुसार, उक्त खरिद प्रक्रिया पूर्व तयारीबिनै, पारदर्शिता नअपनाई, र मनोमानी निर्णय गर्दै गरिएको थियो। यसमा लागत अनुमान, परियोजना योजना, र प्राविधिक मूल्याङ्कनको अभाव रहेको आयोगको निष्कर्ष छ।
अख्तियारको आरोपहरू
बस्नेतको विरुद्ध मुद्दा दायर भएसँगै उनी प्रतिनिधिसभा सदस्यको हैसियत गुमाएका छन्। अख्तियार ऐनअनुसार, अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएपछि सार्वजनिक पदमा बसेका व्यक्तिहरू तत्काल प्रभावले निलम्बनमा पर्छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा