सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको ‘साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
किरात समूदायको पीतापूर्खाको सम्झना गर्ने, उनीहरुबाट आशिर्वाद लिने र किरात समूदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रुपमा सागर संसार राई रहेका छन् ।
सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पारेर सार्वजनिक गीतको भिडियो छायाँकन गंगाराम राईले गरेका छन् । भिडियो निर्मातामा युवराज राई र सरस्वती राई रहेका छन् ।
भिडियो सम्पादन जोन राईले गरेका छन् । गीतको भिडियोमा जोन राई र मनिसा राईको अभिनय देख्न सकिन्छ । किरात समुदायभित्र विभिन्न भाषिक समुदायहरु रहेको र हाल २८ भन्दा बढी भाषिक समुदायहरु रहेको ‘साकेला जाउँ’ गीतका रचनाकार युवराज राईले वताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा