सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लोकप्रिय अभिनेत्री उषा पौडेलले अमेरिकी भूमिमा पारंपरिक नेपाली शैलीमा विवाह गरेर नयाँ जीवन यात्रा आरम्भ गरेकी छन्। उनले आइतबार कलाकार तथा मोडल राहुल केसीसँग विधिपूर्वक विवाह गरेकी हुन्।
यसअघि गत वैशाख १५ गते, उनीहरूले कोर्ट म्यारिजमार्फत वैधानिक सम्बन्धमा बाँधिएपछि अहिले सांस्कृतिक र पारिवारिक विधिअनुसार वैवाहिक समारोह सम्पन्न गरेका हुन्।
उक्त विवाह समारोहपछि उनीहरूलाई सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ। नेपाली फिल्म क्षेत्रका धेरै कलाकार, शुभेच्छुक र दर्शकहरूले दम्पतीलाई सुखद वैवाहिक जीवनको कामना गरिरहेका छन्। अभिनेत्री अरूणिमा लम्सालले पनि विवाहको तस्बिर फेसबुकमार्फत सार्वजनिक गर्दै हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
उषा पौडेल नेपाली टेलिश्रृंखला र सिनेमामा प्रभावशाली अभिनयमार्फत चिनिएकी एक ख्यातिप्राप्त कलाकार हुन्। उनका श्रीमान् राहुल केसी पनि अमेरिका निवासी कलाकार तथा मोडल हुन्, जसले ‘किसान’, ‘नागरिक’ लगायतका फिल्महरूमा अभिनय गरिसकेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा