सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६४९ दशमलव ११ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३०० वटा कम्पनीका २ करोड ४० लाख कित्ता शेयर १० अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै राधि विद्युत कम्पनिको ६६ करोड १० लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक, होटल, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यसदिन सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा