सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् ।
शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।
निकट प्रतिद्वन्दी सत्रुधन यादवलाई ४ मतले हराउँदै उनी विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा शहिनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन ।
त्यसै गरि सचिवमा रामनारायण कापडी विजयी भएका छन भने उपसचिवमा राम विहारी यादव र शशिचन्द्र यादव विजयी भएका छन भने ।
त्यसैगरि कोषाध्यक्ष पदमा सुजिता यादव विजयी भएका छन ।
यता मुस्लिम सदस्यमा रहमत राइन, आमिन खान र नइम शेष विजयी भएका छन ।महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा