सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष ड. विश्व पौडेललाई गभर्नर पदका लागि प्रस्ताव गरेपछि औपचारिक सिफारिस प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ।
हिजो सत्तारुढ दल कांग्रेस र प्रमुख विपक्षी दल एमालेबीच शीर्ष तहको बैठक बसेको थियो। सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरका लागि डा. पौडेलको नाम अगाडि सारेको स्रोतको भनाइ छ। यद्यपि हालसम्म औपचारिक घोषणा भएको छैन।
नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारी २०८० साल चैत २४ गते सेवानिवृत्त भएका थिए। त्यसको केही दिनपछि, वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीचको छलफलमा कार्यकारी निर्देशक गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउने सहमति भएको थियो।
तर वैशाख ५ गते भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिए पनि कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले उक्त राजीनामा स्वीकृत गरेकी छैनन्। ढुङ्गानाको उक्त कदमपछि कांग्रेसले नयाँ नामको खोजी थालेको थियो, जसको परिणामस्वरूप डा. विश्व पौडेलको नाम अगाडि आएको हो।
गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका दुई सदस्यहरूलाई हटाएर नयाँ सदस्य नियुक्त गर्ने तयारी भइरहेको छ। त्यसपछि उक्त समितिबाट डा. पौडेलको नाम औपचारिक रूपमा सिफारिस गरिने बताइएको छ।
डा. विश्व पौडेल नेपालको वित्तीय प्रणाली, डिजिटल अर्थतन्त्र, तथा बैंकिङ सुधारमा विज्ञ मानिन्छन्। उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, र सरकारका विभिन्न आर्थिक सल्लाहकारको भूमिकामा रहीसकेका छन्। नेपाल राष्ट्र बैंकसँग सम्बन्धित नीतिगत तथा रणनीतिक क्षेत्रमा उनको अनुभवलाई ध्यानमा राखेर कांग्रेसले उनको नाम अगाडि सारेको बुझिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा