सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण हुने २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भएको छ। आयोजना निर्माणका लागि एनएमबि बैंकसँगै कृषि विकास बैंक लिमिटेड र बज्र इनर्जी भेन्चर्स प्रा. लि. पनि संलग्न रहेका छन्।
प्राप्त जानकारी अनुसार उक्त आयोजनाको कुल लागत करिब रु. ५ अर्ब ३५ करोड रहनेछ भने रु. ३ अर्ब ७४ करोड ५० लाख बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लगानी हुनेछ। परियोजनामा एनएमबि बैंक अगुवा बैंक को रूपमा रहनेछ।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। यस्ता आयोजनाहरुमा निरन्तर लगानी गर्दै आएको एनएमबि बैंकले दिगो ऊर्जा विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
यसैबीच, एनएमबि बैंककै सहकार्यमा सञ्चालित अर्को जलविद्युत परियोजना — २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना — गत वि.सं. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेबाट व्यवसायिक उत्पादनमा प्रवेश गरेको छ। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा निर्माण गरिएको यो आयोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड द्वारा प्रवर्द्धित हो। परियोजनामा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंक लि. तथा एनएमबि बैंकको संयुक्त ऋण लगानी रहेको छ।
एनएमबि बैंकले नेपाल राष्ट्र बैंक द्वारा जारी Environmental and Social Risk Management, 2022 निर्देशन अनुसार आफ्नो Environmental and Social Policy तयार गरी, त्यसअनुरूप Environmental and Social Management System (ESMS) लागू गरिसकेको जानकारी पनि गराइएको छ। बैंकको यस प्रणालीले परियोजनाहरुमा वातावरणीय तथा सामाजिक असरको मूल्याङ्कन गर्दै जिम्मेवार वित्तीय सेवा प्रदान गर्ने उद्देश्य लिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा